किन गुमायो मेलवर्नले आफ्नो स्थान ? मेलवनको ठाउँमा कुन शहर ?

Melbourne 1024x708

काठमाडौं । अष्ट्रेलियाको मेलवर्न शहरले विश्वका उत्कृष्ट शहरको सूचीको पहिलो स्थान गुमाएको छ ।

पहिलाका ७ संस्करणहरुमा विश्वको बस्नलायक उत्कृष्ट शहरको सूचीमा पहिलो हुँदै आएको मेलवर्न यस पटक दोस्रो नम्बरमा परेको छ ।

राजनीतिक र सामाजिक अवस्था, शिक्षा र स्वास्थ्यमा पहुँच, भौतिक विकास, वातावरण, संस्कृति लगायतका विषयलाई आधार मान्दै यूनिटले विश्वका १४० शहरको अध्ययन गरेको थियो । त्यसैमा मेलवर्न केहि कमजोर देखिएको हुनसक्ने आकलन गरिएको छ ।

इकोनोमिष्ट इन्टेलिजेन्स यूनिटले गरेको पछिल्लो ग्लोवल सर्भेको अनुसार मेलबर्नलाई पछि पार्दै अष्ट्रियाको राजधानी भियना पहिलो पटक विश्वकै बस्नलायक शहरको पहिलो नम्बरमा परेको छ ।

उत्कृष्ट शहरको १० औं स्थान भित्र अस्ट्रेलिया र क्यानाडाका तीन शहर परेका छन् भने जापानको दुई शहर पनि सूचीमा अटाएका छन् । भियना र मेलवर्नलाई पछ्याउँदै जापानको ओशाका शहर तेस्रो स्थानमा पर्न सफल भएको छ । यस्तै क्यानाडाको कालगारी चौथौं र अस्ट्रेलियाको सिड्नी पाचौं नम्बरमा रहेका छन् । क्यानाडाको भ्यानकुभर छैटौं स्थानमा पर्दा सर्भेमा समान अंक प्राप्त गरेको क्यानाडाकै टोरोन्टो र जापानको टोकियो शहर भने सातौं स्थानमा परेको छ । डेनमार्कको कोपेन्हेगन नवौं स्थानमा रहँदा अस्ट्रेलियाको एडिलेड भने दशौं नम्बरमा रहेका छन ्।

न्युयोर्क, लन्डन, पेरिस जस्ता प्रसिद्ध शहरहरुमा व्याप्त रहेको अपराधिक क्रियाकलाप र सार्वजनिक यातायातको समस्याका कारण उनीहरु सूचीमा पछि परेका छन् । सूचीको अन्तिममा भने गृहयुद्धमा फसिरहेको सिरियाको राजधानी दमास्कस रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...