नेपाली कामदार ल्याउन नेपाल सरकारको निर्णयभन्दा विपरित जान नसक्ने : मलेसिया

Kulaseregna objthhtdik

जीटूजी सम्झौता गर्ने मलेसियाको तयारी, मन्त्री कुलासेगरन नेपाल आउने (भिडियो)
काठमाडौं । मलेसियाको प्रधानमन्त्री महाथीर मोहमद नेपाल आउन लागेकाृ छ ।

महाथीर मोहमदले नेपाली कामदार मलेसिया लैजान सरकारीस्तरमै (जीटूजी) सम्झौता गर्ने तयारी गरेको बताएका छन् ।

नेपाली कामदार ल्याउन नेपाल सरकारको निर्णयभन्दा विपरित जान नसक्ने भन्दै महाथीरले नेपाल कामदार पठाउन इच्छुक रहेको र आफूहरु पनि नेपाली कामदार ल्याउन तयार भएकाले जीटूजी गर्न तयारी गरेको बताएका छन् ।

यसअघि बंगलादेशसँग गरेको सम्झौता जस्तै नेपालसँग पनि नयाँ सम्झौता गरेर कामदार ल्याउन तयार भएको प्रधानमन्त्री महाथिरले बताएका हुन् ।

मलेसियाली मानव संसाधन मन्त्री नेपाल आउने

समस्या समाधानका लागि नेपालसँग समझदारी (एमओयू) गर्ने तयारी भइरहेको मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनले जानकारी दिएका छन् । एमओयू प्रस्ताव संसदमा पेश गर्ने र आवश्यक प्रक्रियाका लागि नेपाल आउने बताएका छन् ।

 

मलेसिया सरकारले आप्रवासीका श्रमिकको स्वास्थ्य परीक्षणमा काम गर्दै आएको एजेन्ट कम्पनी बेस्टिनेट खारेज गरेको छ । यो कम्पनीले भिसा र अन्य प्रक्रियाका नाममा नेपाली कामदारसँग धेरै रकम असुलेको पाइएपछि नेपाल सरकारले गएको जेठ ३ गतेदेखि नेपाली कामदार पठाउन रोकेको छ ।
प्रतिव्यक्ति झण्डै १९ हजार शुल्क उठाउन खडा गरिएका ति संस्थाहरु नेपालमा श्रम मन्त्रालयले खारेज गरिदिएपछि र आर्थिक ठगीको विषय मलेसियाका सञ्चार माध्यममा सार्वजनिक भएपछि यसले मलेसियालाई सोच्न बाध्य बनाएको हो ।

महाथीर मोहम्मदको नेतृत्वमा नयाँ सरकार बनेपछि पुरानो सरकारले चलाएको ठगी धन्दा रोक्ने गरी अहिले प्रकृया अघि बढेको छ । नेपाली कामदार ल्याउन असजिलो भए जीटूजी सम्झौता गर्ने बारेमा त्यहाँको मन्त्रिपरिषदमा यसअघि पनि छलफल चलेको थियो ।

मलेसियाको मानव संशाधन मन्त्रालयले विदेशी कामदार ल्याउन असजिलो भए भिसा र अन्य कागजातका प्रक्रिया सरकारी तवरबाट नै मिलाउन मन्त्रिपरिषद्को अनुमति माग गरेका थिए ।

जेठ ३ गते भन्दाअघि भिसा लागिसकेको कामदारका लागि भने नेपाल सरकारले केही समयअघि अन्तिम श्रम स्वीकृति खुल्ला गरेको थियो ।

अव,

स्वास्थ्य परीक्षणका नाममा मलेसियामा नेपाली कामदार ठग्ने बेस्टिनेट कम्पनी कारबाहीमा

मलेसियामा नयाँ नीति प्रस्ताव १५ प्रतिशत मात्रै विदेशी कामदार भर्ती गरिने

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...