मोटरेबल पुल भत्किँदा २६ जनाको मृत्यु, कयैँ बेपत्ता

Italy bridge

काठमाडौं । इटलीको मोटरेबल पुल भत्किँदा २६ जनाको मृत्यु, १५ जना गम्भीर घाइते र १ दर्जन हराइरहेका छन् ।

इटालीको जेनोअमा रहेको पुल मङ्गलबार विहान १० बजे भत्किएको हो । ४५ मिटर अग्लो पुल भत्किँदा ३० भन्दा बढी गाडी बज्रेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ए १० सडक अन्तर्गतको पुल भत्किएर फसेको अनुमान गरिएकाहरुको उद्धारकर्ताहरुले खोजी जारी राखेका छन् । इटलीका गृह मन्त्री म्यातियो साल्भिनीले झण्डै २०० जना उद्धारकर्ताहरु उद्धारमा संलग्न रहेको जनाएका छन् ।

पुलको २०० मिटर भाग भत्किएको छ । आँधी आएका बेला परेको चट्याङ लागेर भत्किएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । तर के कारणले पुल भत्कियो भन्ने यकिन भइसकेको छैन ।

सन् १९६० मा निर्माण भएको पुलको २ वर्षअघि मात्रै मर्मत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...