टर्कीको धम्की अमेरिकासँग, कमजोर नठान्न चेतावनी

H 459x300

काठमाडौं । टर्कीका राष्ट्रपति रेचेप तैएप अर्दोगानले अमेरिका टर्कीलाई घुँडा टेकाउने पक्षमा रहेकाले आफ्नो देशलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।

टर्की कारागारमा रहेका पादरी बु्रसनको रिहाईको माग गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नगरिए टर्कीमाथि कडा प्रतिबन्ध लगाउने चेतावनी दिएपछी अर्दोगानको यो भनाई सार्वजनिक भएको हो ।

टर्कीमा आयोजित एक र्यालीमा राष्ट्रपति अर्दोगानले अमेरिकी धम्कीको खिल्ली उडाउँदै एउटा पादरीका लागि यस्तो गर्दा अमेरिकाले लज्जाबोध गर्नुपर्ने बताएका हुन् । पादरी ब्रुसन भने षडयन्त्रकारीको आरोपमा टर्कीमा पक्राउ परेका थिए ।

यसैबीच अमेरिकाले स्टील, आल्मुनियमको आयातमा कर बृद्धी गरी दोब्बर बनाएको छ जसका कारण टर्कीको आर्थिक बृद्धीदरमा १६ प्रतिशतले गिरावट आएको छ । सिरियाप्रतिको नीति र रुससँगको सम्बन्ध विस्तारका कारण पनि अमेरिका टर्कीप्रति रुष्ट बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...