सहरी क्षेत्रमा बेरोजगारी बढ्ने संकेत !

Australi

अष्ट्रेलिया । अन्य देशबाट बसाई सरी आउने व्यक्तिहरु सहरी क्षेत्रमा बसेका कारण जनसंख्या बढेको तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियाको जनसंख्या २५ मिलियन पुगेको छ ।

तथ्याङ्क अनुसार धेरै जनसंख्या मेलबर्न, सिड्नी, क्यानबेरा लगायतका सहरहरुमा रहेको छ ।

गृह मन्त्रालयका अनुसार गत वर्ष १ लाख १२ हजार दक्ष व्यक्ति अष्ट्रेलिया आएका थिए । जस मध्ये ८७ प्रतिशत व्यक्तिहरु मेलबर्न र सिड्नीमा बसोवास गर्न थाले । यसले गर्दा सहरी क्षेत्रमा बेरोजगारी बढ्ने देखिएको छ भने ग्रामिण तथा मूख्य सहर भन्दा परका ठाउँहरुमा कामदारको अभाव देखिएको छ ।

यो असन्तुलनलाई मिलाउनको लागि गृह मन्त्रालयले स्थानीय सरकारलाई बिजनेस स्पोन्सरशिप अधिकार दिने भएको छ । स्थानीय काउन्सिलले विभिन्न पेशाका विदेशीहरुलाई स्पोन्सर गर्न सक्नेछन् । नर्थन टेरीटोरीमा यो कार्यक्रम लागु भइसकेको छ र अरु क्षेत्रमा पनि लागु गर्नको लागि तयारि भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...