इजरायलमा श्रीकृष्ण जन्माष्ठमी भव्य रुपले मनाइने

Krishn 3

इजरायल । इजरायलमा श्रीकृष्ण जन्माष्टमी बिशेष धार्मिक कार्यक्रम यहि आउदो सेप्टेम्बर ७ तारिखका दिन हुदैछ ।

रोजगारीको सिलसिलामा इजरायलमा रहेका नेपालीहरुको धार्मिक संस्थाहरुको संयुक्त आयोजनामा मनाइने उक्त कार्यक्रममा उपस्थित भएर श्रीकृष्ण जन्माष्टमी भव्यताका साथ सम्पन्न गराउनको लागि इजरायलबासी नेपालीहरुमा आयोजक समितिले बिशेष अपिल गरेको छ ।

हिन्दु जागरण नेपाल इजरायल , श्रीकृष्ण प्रणामी गैर आवासीय युवा परिषद इजरायल र ॐ जन जागरण अभियान इजरायलको संयुक्त आयोजनामा हुने श्री कृष्ण जन्माष्टमी तिथी अनरुप २ सेप्टेम्बर परेको भएता पनि इजरायलमा रहेका नेपालीहरुको विदाको प्रकृतिलाई मध्यनजर गर्दै शुक्रबार(शनिबार छुट्टीको दिन पारेर ७ तारिखका दिन मनाउन लागिएको आयोजकले जनाएका छन् ।

उक्त कार्यक्रममा इजरायलमा अवस्थित सम्पूर्ण संघ संस्था,अनलाईन मिडिया तथा धार्मिक मनहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...