१८ औं एशियाली खेलका लागि जाकार्ताका ७० वटौ विद्यालय बन्द

18th logo

इण्डोनेशिया । इण्डोनेशियाका राजधानी जाकार्तामा रहेका ७० वटा विद्यालयमा १५ दिन विदा दिइएको हो ।

अगस्ट १८ देखि सेम्टेम्बर २ सम्म आयोजना हुने १८ औं एशियाली खेलकूदका लागि सरकारले विद्यालय बन्दको घोषणा गरेको छ ।

प्रतियोगिताको समयमा ट्राफिक समस्या बढीहुने भएकाले ३१ हजार विद्यार्थीलाई घरमै बसेर कोर्स पूरा गर्न भनिएको छ ।

जाकार्ता एजुकेशन एजेन्सी जेईएका कार्यकारी प्रमुख बोबो रियानाटाले विद्यालय बन्द गर्ने फैसलाले विद्यार्थीको भविष्यमा कुनै असर नपर्ने दाबी गरेका छन् । उनले सामान्य दिनकै जस्तो शिक्षकले गृहकार्य दिने पनि बताए ।

राजधानी जाकार्तामा बढ्दो सवारी चापका कारण खेलाडीहरुलाई समयमै पुग्न अप्ठेरो पर्ने भएकाले विद्यालय बन्द गरिएको र यसले ३० देखि ४० प्रतिशत ट्राफिक समस्या कम हुने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...