तालिवानीको आक्रमणबाट चौध सुरक्षाकर्मीको मृत्यु

Afgannistan taliwan

काठमाडौं । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा बिद्रोही तालिवानीको आक्रमणमा परी १४ सुरक्षाकर्मी मारिएका छन् ।

घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नीलाई कब्जा गर्ने उद्देश्यले शुक्रबार राति आक्रमणको योजना बनाउन भेला भएका तालिवान आतङ्ककारी समूहले बिहीबार राति कम्तीका १४ सुरक्षाकर्मीको हत्या गरेका हुन् ।

आक्रमणमा परी कम्तीमा २० सुरक्षाकर्मी घाइते भएका घाज्नी अस्पतालका प्रशासक बाज मोहम्मद हेमटले बताए । प्रहरी प्रमुख फरिद अहमद मसालका अनुसार दोहोरो भिडन्तका कारण कतिपय पसलहरुमा आगजनी भएको भएको छ ।

तालिबान आतङ्ककारी समूहले बिहीबार अबेर रातिबाट घाज्नी सहरका विभिन्न इलाकामा रहेका सैनिक जाँच चौकीलगायत शहरमा आक्रमण गरेका प्रहरी पमुख फारिद अहमद मसालले एएफपी समाचार समितिलाई बताएका छन् ।

बिहीबार राति नै अफगानिस्तानको पश्चिम भागमा पर्ने हेरात प्रान्तको ओबे जिल्लामा तालिबानले गरेको अर्को आक्रमणमा परी छ प्रहरी अधिकारी मारिएका सो प्रान्तमा गभर्नरका प्रवक्ता गेलानी फर्हादले जानकारी दिए । एजेन्सी

प्रतिकृया दिनुहोस