बलात्कार र हत्यामा संलग्न ३ जनालाई सार्वजनिक स्थलमै मृत्युदण्ड

Good niyam

यमन । यमनमा बलात्कार र हत्यामा संलग्न तीन जनालाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिइएको छ ।

एक १० वर्षीय बालकलाई बलात्कार गरेको र उसको हत्या गरेकोमा दोषी ठहर गर्दै ती तीनजनालाई राजधानी सानास्थित एक चोकमा गोली हानी मृत्युदण्ड दिइएको हो । मृत्युदण्डको सजाय दिँदा सयौं सर्वसाधारण उपस्थित थिए ।

तीनैजनाको शवलाई क्रेनमा झुण्ड्याएर प्रदर्शन गरिएको थियो, ताकि सबैले त्यस्तो जघन्य अपराधमा दिइने सजाय महसुस गर्न सकुन् ।

दोषीलाई जमिनमा घोप्टो पारेर पिठ्युतर्फबाट मुटुमा पाँच गोली हानेर मृत्युदण्ड दिइएको हो । यमनमा व्यभिचार, यौन दुर्व्यवहार, बेश्याबृत्ति, धर्म त्यागजस्ता अपराधमा मृत्युदण्डको सजाय दिने प्रावधान छ ।

प्रतिकृया दिनुहोस