आप्रवासीको डुङ्गा दुर्घटना नौको मृत्यु, चार जनाको उद्धार

Dunga e1424939960335

टर्की । टर्कीको एजिन तटीय क्षेत्रमा गैरकानूनी रुपमा प्रवेश गर्न लागेका आप्रवासी बोकेको एक डुङ्गा बिहीबार दुर्घटनाग्रस्त भएको छ ।

यस दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बिहीबार जानकारी दिएका छन्।

टर्कीको दक्षिणपश्चिम प्रान्त एदिनको कुसादासी जिल्लामा रहेको तटीय क्षेत्र एजिनमा सो दुर्घटना भएको राज्यद्वारा सञ्चालित माध्यम अनाडोलुले जानकारी दिएको छ ।

टर्कीको दैनिक समाचार पत्र हुरियेतका अनुसार ग्रीक द्वीपतर्फ गइरहेको यो डुङ्गामा १३ जना गैरकानूनी आप्रवासी सवार थिए ।

तीमध्ये चार जनालाई भने उद्वार गरिएको थियो । एजिन समुद्री मार्ग गैरकानूनी आप्रवासीहरुलाई टर्की हुँदै युरोप भित्र्याउने एक प्रमुख मार्गका रुपमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...