चीनले गरे शक्तिशाली युद्धक विमानको परीक्षण

Chaina

काठमाडौं । चीनले अत्याधुनिक सुपरसोनिक विमानको सफलतापूर्वक परीक्षण गरेको छ ।

यो युद्धको बेला परमाणु अस्त्र बोक्न र कुनै पनि मिसाइल प्रतिरक्षा प्रणालीलाई प्रक्षेपण गर्न यसलाई प्रयोग गरिन्छ ।

चाइना एकेडेमी अफ एयरोस्पेस एयरोडाइनामिक्स (सीएएए)का अनुसार ‘शिङ्गकोङ्ग–२’ नामक सुपरसोनिक विमान शुक्रबार चीनको उत्तरपश्चिममा अवस्थित एक परीक्षण स्थलबाट प्रक्षेपण गरिएको थियो । सीएएएले आइतबार वीच्याट अकाउन्टबाट विज्ञप्ति सार्वजनिक गर्दै त्यसको जानकारी दिएको थियो ।

सुपरसोनिक विमानलाई एक रकेटमार्फत लञ्च गरिएको थियो र स्वतन्त्ररुपले उड्दै पूर्व्निर्धा्रित क्षेत्रमा अवतरण गरेको थियो ।

सुपरसोनिक विमान त्यसलाई भनिन्छ जो आवाजको गतिभन्दा पाँच गुणा बढी वा त्योभन्दा पनि धेरै रफ्तारका साथ उड्दछ । यसअघि अमेरिका र रुसले सुपरसोनिक विमानको सफलतापूर्वक परीक्षण गरेका थिए ।

चीनको सरकारी मिडियाका अनुसार सुपरसोनिक विमान परीक्षण पूर्णरुपमा सफल भएको छ । सुपर सोनिक विमानको डिजाइन सीएएएले चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनसँग मिलेर तयार पारेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...