जापानमा २ नेपालीमाथी छुरा प्रहार, अपराधि फरार

Parahar

काठमाडौं । जापानमा दुई नेपाली विद्यार्थीमाथी छुरा प्रहार भएको छ ।

टोक्यो नजिक रहेको तोचीगि प्रिफेक्चरस्थित उचुनोमिया सहरमा नेपाली विद्यार्थीमाथी अन्धाधुन्ध छुरा प्रहार भएको हो । ३ महिना अघि भाषा विद्यार्थीका रुपमा जापान प्रवेश गरेका नेपाली युवाहरुमाथि भियतनामी युवाले छुरा प्रहार गरेको बताइएको छ ।

शनिवार राति तोचिगी प्रिफेक्चरको उचुनोमिया स्टेशन नजिक टहलीरहेको अवस्थामा काभ्रेका विवेक गौतम र उनका साथी झापा निवासी अजय मेक्षेमाथि छुरा प्रहार भएको हो । रातको करिव पौने १ बजेतिर ३–४ जनाको समूहमा आएका भियतनामी युवाहरु मध्येका एक जनाले अन्धाधुन्ध छुरा प्रहार गरेका थिए ।

छुरा प्रहार गर्नेसंगै आएका अन्य भियतनामीहरुले रोक्न खोज्दाखोज्दै र नेपाली युवाहरुले ज्यान जोगाउन भाग्न खोज्दाखोज्दै छुरा प्रहार भई चोट लाग्न पुगेको पीडितहरुलाई उद्धृत गर्दै उनीहरु अध्ययनरत भाषा विद्यालयमा एशियन डेस्क विभाग प्रमुख भुबन हुमागाँईले बताए ।

छुरा प्रहार गर्ने भियतनामी युवा मादक पदार्थ सेवन गरी अनियन्त्रित अवस्थामा रहेका बताईएको छ । विश्वकै शान्त मुलुक मानिने जापानमा घटेको यो घटनाले आफु निकै अचम्मित बनेको हुमागाईले बताए ।

जापानमा यस्ता घटनालाई दुर्लभ मानिन्छ । घाईतेहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको र दुबैजना खतरामुक्त रहेको बताईएको छ । दोषीको खोजीकार्य भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस