इन्डोनेशियामा शक्तिशाली भूकम्प जाँदा ८२ को मृत्यु, सुनामीको खतरा

Indonesia vukamp

इन्डोनेशिया । इन्डोनेशियाको लोम्बोक टापुमा आइतवार शक्तिशाली भूकम्प जाँदा कम्तीमा ८२ जनाको मृत्यु भएको छ । विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार सयौं मानिस घाइते भएका छन् ।

७ म्याग्निच्युडको भूकम्पकाबाट सयौं भवनमा क्षति पुगेको छ भने विद्युत् आपूर्ति बन्द भएको छ । समुद्री तट र पदयात्राका लागि लोकप्रिय टापु लोम्बोक एक हप्ताअघि पनि भूकम्प गएको थियो ।

एक हप्ता पहिले भूकम्पका कारण उक्त क्षेत्रमा रहेको पर्यटकीय टापू लोम्बकमा १७ जनाको मृत्यु भएको थियो । आइतबारको भूकम्पको केन्द्रविन्दु लोम्बकको सतहबाट १० किलोमिटर गहिराइमा रहेको यूएसजीएसले बताएको छ ।

इन्डोनेसियाली अधिकारीहरूले भूकम्पपछि लोक्बक र वरपरका क्षेत्रमा सुनामी आउने चेतावनी दिँदै नागरिकहरूलाई सामूद्रिक क्षेत्रबाट टाढा रहन आग्रह गरेका स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

इन्डोनेसियाको मौसम,जलवायु, तथा भूगर्वविज्ञान हेर्ने निकायका प्रमुख डिकोरिता कर्नावतीले स्थानीय टेलिभिजनमार्फत नागरिकलाई सामूद्रिक सतहदेखि अग्लास्थानमा गएर बस्न र सूनामीको प्रभाव शान्त भएपछिमात्र घर फर्कन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस