सुरक्षाको माग गर्दै सडकमा उर्तिएका १०० भन्दाबढी विद्यार्थी घाइते

Banglades

ढाका । बंगलादेशको राजधानी सहर ढाकामा सडक सुरक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि आक्रमण भएको छ । सो आक्रमणको क्रममा १०० भन्दा बढी विद्यार्थीहरु घाइते भएका छन् ।

सातौं दिनको प्रदर्शनको क्रममा उनीहरुमाथि आक्रमण भएको हो । उक्क्त दिनको प्रदर्शनमा हजारौं विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उनीहरुले सडकमा सवारीसाधनहरु रोक्दै सवारी चालक अनुमतिपत्रको परीक्षण गरेका थिए ।

अहिलेसम्म उनीहरुको शान्तिपूर्ण आन्दोलनमा कसले आक्रमण गरेको हो भन्ने खुल्न नसकेपछि स्थानीय सञ्चारमाध्यमहरुले भने सरकारमा रहेको पार्टीको विद्यार्थी संगठनले आक्रमण गरेको आरोप लगाएका छन् ।

गएको आइतबार बंगलादेशमा भएको एक सडक दुर्घटनामा परी दुई विद्यार्थीहरुको ज्यान गएको थियो । अत्यधिक गतिमा रहेको बसले उनीहरुलाई ठक्कर दिएको थियो । यो आन्दोलनको जवाफमा सरकारले २४ घण्टासम्म मोबाइल इन्टरनेटमा रोक लगाएको छ ।

विद्यार्थीहरुको मागमा सरकार लचिलो भएको भन्दै यातायात व्यवसायीहरुले पनि आन्दोलनका कार्यक्रमहरु अघि सारेका छन् । सातौं दिनको आन्दोलनको क्रममा प्रहरीले अश्रुग्याँस र रबरको गोली हानेको बताइएको छ तर यो विवरणको प्रहरीले भने खण्डन गरेको छ ।

प्रत्यक्षदर्शी र डक्टरहरुका अनुसार घाइते हुनेहरुको संख्या १०० भन्दा बढी छ । जसमा केही मानिसहरु निकै गम्भीर अवस्थामा रहेको र केहीलाई रबरको गोली लागेको बताइएको छ । बंगलादेशमा सडक सुरक्षाको माग गर्दै १३ वर्षदेखिका विद्यार्थीहरु सडकमा उत्रिएका छन् ।

 

प्रतिकृया दिनुहोस