४२ वर्षमा दश खर्ब डलरको धनी बन्यो एप्पल कम्पनी !

Apple mobile

काठमाडौं । आइफोन, आइप्याडको निर्माता कम्पनी एप्पलको बजार मूल्य १० खर्ब अमेरिकी डलर पुगेको छ ।

यो मूल्यले एप्पललाई १० खर्ब अमेरिकी डलर पुर्याउने विश्वकै पहिलो निजी कम्पनी बनाएको छ । यसअघि सन् २०१५ मा ७ खर्ब डलरभन्दा अधिक मूल्ययुक्त विश्वको पहिलो कम्पनी बन्न सफल भएको थियो ।

आइफोन उत्पादक एप्पल कम्पनी स्थापनाको ४२ वर्षमा दश खर्ब डलरको कम्पनी बन्न सफल भएको हो । एप्पलको शेयर मूल्यमा उच्च वृद्धि भएको कम्पनीले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो तीन महिनामा एप्पलले ११ अर्ब ५० करोड मुनाफा कमाएको छ ।

यस अवधिमा एप्पलले ५३ अर्ब ३० करोड मूल्यको व्यापार गर्न सफल भएको छ । गत वर्ष एप्पलले २ सय २९ अर्ब डलरको व्यापार गर्न सफल भएकोमा झण्डै ४८ अर्ब डलर नाफा कमाएको थियो । कम्पनीको शेयर मूल्यमा सन् २०११ यता २ हजार प्रतिशतले वृद्धि भएको छ । एप्पल कम्पनीको त्रैमासिक अवधिको वित्तीय प्रतिवेदन सार्वजनिक भएको भोलिपल्टै एप्पलको शेयर मूल्य बढेर प्रतिशेयर २०७.३९ डलर कायम भएको छ ।

जसका कारण कम्पनीको कूल बजार मूल्य बढेर इतिहास नै कायम गरेको हो । सन् १९७६ मा स्थापना भएको यो कम्पनी सन् १९८० डिसेम्बर १२ मा पब्लिक कम्पनीको रुपमा शेयर बजारमा प्रवेश गरेको थियो ।

यस कम्पनीले सन् १९९८ मा आइम्याक जी थ्री र सन् २००१ मा आइपड सार्वजनिक गरेको थियो । त्यसपछि सन् २००७ मा आइफोन सार्वजनिक गरेपछि एप्पलको चर्चा विश्वभर फैलिएको थियो । सन् २०१५ मा एप्पल ७ खर्ब डलरभन्दा अधिक मूल्ययुक्त विश्वको पहिलो कम्पनी बन्न सफल भएको थियो ।

अहिले आइफोन निर्माता कम्पनी एप्पल १० खर्ब डलर मूल्य भएको विश्वकै पहिलो कम्पनी बनेको छ । कम्पनीको शेयर मूल्यमा भएको बढोत्तरीसँगै एप्पलले बिहीबार १० खर्ब डलर मूल्यको कोशेढुङ्गा पार गरेको हो ।

दोश्रो त्रैमासिक अवधिको सन्तोषजनक वित्तीय प्रतिवेदन सार्वजनिक भएको भोलिपल्टै एप्पलको शेयर मूल्य बढेर प्रतिशेयर २०७ डलर नाघेको थियो । जसका कारण कम्पनीको कूल बजार मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको हो ।

सन् १९७६ मा स्टिभ जब्सले पर्सनल कम्प्युटर निर्माणका लागि स्थापना गरेको एप्पल स्थापनाको ४२ वर्षमा दश खर्ब डलरको कम्पनी बन्न सफल भएको हो । कम्पनीको शेयर मूल्यमा सन् २०११ यता २ हजार प्रतिशतले वृद्धि भएको छ ।

सोही वर्ष जब्सलाई प्रतिस्थापन गर्दै टिम कुक एप्पलको सीईओ बनेका थिए । एप्पलले १० खर्ब डलर मूल्य कायम गरी राखेको कीर्तिमान यसअघि कसैले पनि आधिकारिक रुपमा कायम गर्न सकेका छैनन् ।

रिपोर्ट अनुसार पछिल्लो तीन महिनामा एप्पलले ११ अर्ब ५० करोड मुनाफा कमाएको छ । यस अवधिमा एप्पलले ५३ अर्ब ३० करोड मूल्यको व्यापार गर्न सफल भएको छ । गत वर्ष एप्पलले २ सय २९ अर्ब डलरको व्यापार गर्न सफल भएकोमा झण्डै ४८ अर्ब डलर नाफा कमाएको थियो

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...