मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटना

Maxio plane crashed

काठमाडौं । मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटनामा परेको छ ।

मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तराष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ । विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए ।

दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले एक ट्वीट गर्दै मानवीय क्षति नभएको जनाएका छन् ।

बीबीसीका अनुसार उडेको ५ मिनेटमै दुर्घटनामा परेको विमानका ८५ जना यात्रु घाइतेमध्ये २ को अवस्था गम्भीर छ ।

विमानस्थलका अपरेटरले खराब मौसमका कारण विमान दुर्घटना बताएका छन् । मौसम खराब भएपछि विमान घाँसे मैदानमा अवतरण गराइएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...