संविधान संशोधन गर्ने कि नगर्ने ? राजपालाई चाहियो ठोस धारणा

Rajapa 2 rswvvsw2dl

काठमाडौं । सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ ।पार्टीको अध्यक्ष मण्डलको आईतबार बसेको बैठकले संविधान संशोधन गर्न प्रधानमन्त्री केपी ओलीलाई नै भेटेर दवाव दिने निर्णय गरेको हो ।

संविधान संशोधन गर्ने कि नगर्ने भनेर सरकारको ठोस धारणा माग गर्न भोली प्रधानमन्त्री ओलीसँग भेट गर्ने निर्णय गरिएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए। उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा टुंगोमा पुग्न पनि संविधान संशोधन गर्ने विषयमा सरकारको ठोस धारणा माग गर्नुपर्ने अवस्था आएको पनि स्पष्ट पारे।

बैठकले संसद र संसदीय गतिविधिलाई समिक्षा गर्न सोमबार सिंहदरबारमा साँढे ११ बजे पार्टी संसदीय दलको बैठक पनि बोलाउने निर्णय गरेको छ। त्यसैगरी पार्टीको भातृ संगठनहरुको नामाकरण गर्ने निर्णय पनि गरिएको नेता यादवले जानकारी दिए।

राष्ट्रिय जनता पार्टी, नेपालले जिल्लाहरुमा पार्टीको कामलाई प्रभावकारी बनाउन सबै जिल्ला अध्यक्षह?लाई सोमबार भित्र लिखित निर्देशन दिने निर्णय पनि गरेको छ। जिल्लाका पार्टी संगठनहरुको रिक्त पद समेत पूर्ति गर्नेगरी पार्टीको कामलाई प्रभावकारी बनाउन जिल्ला अध्यक्षहरुलाई लिखित निर्देशन दिने निर्णय गरिएको पार्टीका नेता यादवले बताए।

शनिबार सम्पन्न राष्ट्रिय जनता पार्टी, नेपालको राजनीतिक समितिको बैठकले संविधान संशोधन गर्ने सहमति कार्यान्वयनका लागि सरकारलाई दवाव दिन नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएको थियो। पार्टीले संविधान संशोधन नगरी सरकारमा नजाने अडान पनि राख्दै आएको छ।

प्रतिकृया दिनुहोस