लेभी उठाएरै पार्टी बन्ने भो करोडपति

Nekapa encome

काठमाडौं । नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उठ्ने लेभी उठाएकै भरमा सबैभन्दा धनी पार्टी बन्ने भएको छ ।

नेकपाले पार्टी सदस्यहरुबाट मासिक लेभी उठाउँदा १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने देखिएको छ । पार्टीको विधानअनुुसार नियमावलीमा तोकिए अनुसारको सदस्यता, नवीकरण शुुल्क उठाउँदा मात्रै पनि मासिक १० करोड भन्दा बढी शुल्क उठाउनेछ ।

पार्टीको विधानमा पार्टी सदस्यको वर्गीकरण गरिएको छ र त्यही आधारमा नियमावलीमा सदस्यता, नवीकरण शुुल्कको व्यवस्था गरिएको छ । जसअनुसार संगठित सदस्यबाट मासिक एक सय रूपैयाँ र साधारण सदस्यबाट मासिक २० रूपैयाँका दरले लेभी उठ्ने छ ।

नेकपाले आफ्नो नवगठित पार्टीको संगठन सदस्य नै ७ लाखभन्दा बढी छन् । पूर्व एमालेको ३ लाख र पूर्व माओवादीको ४ लाख संगठित सदस्य छन् । यी दुुईको संगठित सदस्यता जोड्दा ७ लाखभन्दा बढी हुन्छ । ७ लाख संगठित सदस्यले मासिक सय रूपैयाँका दरले लेभी बुुझाउँदा नेकपाले ७ करोड रूपैयाँ आम्दानी गर्नेछ ।

यी दुबै पार्टीका १० लाख साधारण सदस्य छन् । साधारण सदस्यबाटै पनि मासिक २ करोड आम्दानी हुुने छ । ७ लाख संगठित सदस्यले मासिक सय रूपैयाँका दरले लेभी बुुझाउँदा नेकपाले ७ करोड रूपैयाँ आम्दानी गर्नेछ ।

पार्टी एकीकरणभन्दा अगाडि साविकका एमालेले सांसद तथा मन्त्रीहरूबाट मासिक १३ हजार र माओवादीले मासिक १२ हजार रुपैयाँ लेभी उठाउँदै आएका थिए ।

नेकपासँग अहिले राष्ट्रिय सभा तथा प्रतिनिधिसभातर्फ कुुल २ सय १३ सांसद छन् । सांसद तथा मन्त्रीहरूबाट मासिक १२ हजार रूपैयाँका दरले लेभी उठाइए पनि कुुल २५ लाख ५६ हजार रूपैयाँ मासिक रूपमा उठ्नेछ ।

प्रतिकृया दिनुहोस