संसदको संयुक्त कार्यसञ्चालन नियमावली पारित

Samsad

काठमाडौं । संघीय संसदले संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली बहुमतले पारित गरेको छ । शुक्रबार बसेको संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकले संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली बहुमतले पारित गरेको हो ।

नियमावली मस्यौदा समितिका संयोजक कृष्णभक्त पोख्रेललेले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो। साथै समितिहरुमा समावेशी समानुपातिक प्रनिनिधित्व सुनिश्चित गर्ने व्यवस्था सहितको नियमावलीलाई बहुमतले पारित गरेको छ ।

नियमावली मस्यौदामा सांसदहरु बिमला बिक, दुर्गा पौडेल र प्रेम सुवालले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

मस्यौदा समितिका सभापति पोख्रेलले समितिहरुमा महिला दलित जनजाति सबैको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्ने प्रावधान राख्न स्वीकार गरेपछि सांसद बिकले संशोधन प्रस्ताव फिर्ता लिएकी थिइन्। सांसद दुर्गा पौडेल र प्रेम सुवालको संशोधन प्रस्ताव वहुमतले अस्वीकृत भएको थियो ।

 

प्रतिकृया दिनुहोस