गर्भवती महिलाको मृत्यु पछि अस्पतालमा तनाव

Surkhet hospital

सुर्खेत । सुत्केरी हुन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गएकी गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । डाक्टरको लापरवाहीले महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले शुक्रबार मध्यपश्चिमाञ्चल अस्पतालको प्रशासनिक कार्यालयमा तालाबन्दी गरेका छन् ।

स्वास्थ्य परिक्षणका लागि अस्पताल गएकी कालीकोट महावु गाउँपालिका डिल्लीकोटकी ३२ बर्षिया मनिसरा सिंहको शुक्रबार अस्पतालमै मृत्यु भएको हो ।

बिरामीका आफन्तले डाक्टरले उपचारमा ध्यान नदिएको भन्दै डाक्टरलाई कार्वाहीको र पीडित परिवारलाई क्षतीपुर्तीको माग गर्दै अस्पतालमा केही समय तालाबन्दी गरेका छन् ।

डाक्टरले दिएको समयावधीमा बच्चा नजन्मिए पछि मनिसरा विहीबार हिँडेर अस्पताल पुगेकी थिईन् । विहीबार बिहान ११ बजे अस्पताल गएकी मनिसरालाई अस्पतालले भर्ना गर्नु पर्ने भन्दै अस्पताल भर्ना गरेको उनकी दिदी शुभद्रा सिंहले जानकारी दिईन् ।

शुक्रबार बिहान आएका डाक्टरले एक्कासी व्यथा लाग्ने सुई लगाए पछि उनको मृत्यु भएको आफन्तले बताएका छन् । डाक्टरको लापरवाहीले महिलाको मृत्यु भएको भन्ने कुरामा अस्पताल प्रशासन स्वीकार गर्न तयार छैन ।

गर्भवती अवस्थाकी मनिसराको पेटको पानीको फोका परेको र उक्त पानीको फोका फुटेर फोक्सोमा पसेपछि महिलाको मृत्यु भएको मधयपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर डम्मर खड्काले बताए । अस्पतालमा आएका बिरामीलाई डाक्टरलाई लापरवाही नहुने उनको तर्क छ ।

घटना भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेशका मन्त्रीहरुले आफन्तलाई भेट्नुका साथै अस्पतालको अवस्थाबारे जानकारी लिएका छन् ।

प्रतिकृया दिनुहोस