बालसखा डा.उपेन्द्र देवकोटालाई भेट्न डा. भट्टराई न्युरो अस्पतालमा

Baburam letter

काठमाडौं । गंगालाल ह्दयरोग केन्द्रमा उपचाररत बरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटासँग उनका बालसखा एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भेटेका छन् । विगत लामो समयदेखि अस्वस्थ रहेका डा. देवकोटालाई नेता भट्टराईले अस्पताल पुगेका थिए ।

डा. देवकोटालाई भेटेपछि नेता भट्टराईले हस्तलिखित पत्र ट्विट गर्दै आफुहरु दुवै जनाले सामान्य मान्छेको जीवनमा देश, जनता र समाजको निम्ति गर्नुपर्ने काम गरेकोमा सन्तोष व्यक्त गरेका छन् । उनले गोरखाको अमरज्योती हाईस्कूलमा कक्षा ५ देखि १० सम्म र अमृत साईन्स कलेजमा आईएस्सी सँगै पढेको स्मरण पनि गरेका छन् ।

डा. भट्टराईले देवकोटा सँगको भेटलाई स्मरण गर्दै दुवैले पुराना यादहरुको सम्झना गरेको बताएका छन् । भट्टराईले देवकोटा उपचारका क्रममा रहेपनि उनको तीक्ष्ण स्मरण शक्ति र दृढ अठोट यथावत देखेको र उनी सोचेजति गम्भीर विरामी नभएको अनुभूत गरेको जनाउँदै प्रकृतिमा हुने आकस्मिकता र सम्भावनाहरुको नियमहरुले उनी स्वस्थ रहने आशा पलाएको बताएका छन् ।

भट्टराईले एक अर्काप्रतिको आफुहरुको सोच र सम्बन्धबारे अरुले अनुमान गर्ने कुरालाई खारेज गर्दै असल मिश्रकै रुपमा यो संसारबाट विदा हुने प्रण गरिएको बताएका छन् । बाबुरामले ट्वीटमा उपेन्द्रसँगै रहेको बाल्यकालका तस्वीर र हस्तलिखित पत्र समेत पोष्ट गरेका छन् ।

डा. देवकोटा केही दिनअघि मात्रै बेलायतमा करिब पाँच महिना लामो समय उपचार पछि स्वदेश फर्किएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...