साढे ३३ किलो सुनकाण्डमा एसएसपी दिवेश लोहनी पक्राउ

Dibas lohani

काठमाडौँ । ३३ किलो सुनकाण्डमा  एसएसपी दिवेश लोहनी पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख लोहनीलाई साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा बयान दिन जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका बेला प्रहरीले पक्राउ गरेको हो ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले यसअघि सुन तस्करी र शाक्य हत्या अनुसन्धानमा लोहनीको भूमिका शंकास्पद रहेको ठहर गरेको थियो ।

सोहि बमोजिम उनलाई अपराध महाशाखाबाट हटाएर हेडक्वार्टर तानिएको थियो । समितिले उनलाई आज बयानका लागि विराटनगर बोलाएको थियो।

प्रतिकृया दिनुहोस