अब गलत औषधि बेचे जन्मकैद

'७ हजार औषधि पसल बिनादर्ता सञ्चालनमा'

Medicine

काठमाडौँ । औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सनमा उल्लेख भएको भन्दा बेग्लै गलत औषधि दिएर बिरामीलाई हानी भए औषधि पसलेलाई जन्मकैद हुने भएको छ ।

नेपाल मेडिकल काउन्सिलले पनि मान्यताप्राप्त बिक्रेताले मात्र स्पष्ट बुझिने प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्रीवितरण गर्नुपर्ने जनाउँदै आएको छ । औषधि प्रस्तावित गर्ने अर्थात् पुर्जा लेख्ने डाक्टर, चिकित्साकर्मीको पहिचान आवश्यक भएझैं औषधि बिक्रीवितरण गर्ने पसलको समेत पहिचान उल्लेख हुनुपर्ने काउन्सिलले जनाएको छ ।

औषधि ऐनमा औषधिको अनुचित प्रयोग वा दुरुपयोग गरे, म्याद नाघेको औषधि बिक्रीवितरण गरे, औषधिमा मिसावट गरे र मिसावट भएको औषधि बिक्री गरे, कुनै अरू थोकलाई औषधि भनी बिक्री गरे, लागू र विषालु औषधि सुरक्षित राख्नुपर्नेमा बर्खिलाफ हुने गरी कुनै कामकारबाही गरेसमेत कडा दण्डजरिवाना हुने व्यवस्था छ ।

यसअन्तर्गत ज्यानलाई खतरा पुग्ने सम्भावना भए जन्मकैद वा १० वर्षसम्म कैद र जरिवाना दुवै हुन सक्ने औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल बताए । ‘यसरी शरीरको कुनै अंगको शक्ति क्षीण वा हरण हुन सक्ने भए १० वर्षसम्म कैद र जरिवाना एवं अन्य अवस्थामा ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन सक्छ’ उनले भने ।

औषधि पसल खोल्दा सबै प्रकारका साधन र जनशक्ति हुनैपर्ने कानुनी व्यवस्था छ । आवश्यक जनशक्ति र साधन नजुटाई औषधिको उत्पादन, बिक्रीवितरण, डिस्पेन्सिङ वा सञ्चय गर्नु हुँदैन । यसो गरेको पाइए ३ वर्ष कैद, २५ हजार जरिवानासमेत हुन सक्छ । अझ यसले गर्दा ज्यानको खतरा या अंगभंग भए औषधि बिक्रेतालाई जन्मकैदसम्म हुन सक्ने ढकाल बताउँछन् ।

मुलुकमा करिब २१ हजार औषधि पसल दर्ता भई सञ्चालनमा छन् । विभाग स्रोतका अनुसार करिब ७ हजार औषधि पसल बिनादर्ता सञ्चालनमा रहेको अनुमान छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...