मिर्गौला पीडित मथुरा विश्वकर्मालाई भावको सहयोग

Bhhaw help

काठमाडौं । एक वर्षदेखि दुवै मिर्गाैलाको डाइलोसिस गराउँदै आएका अछामकी मथुरा विश्वकर्मालाई उनको उपचारमा आर्थिक सहयोग गरिएको छ ।

बिहिबार विश्वकर्मा हेल्पिङ हेण्ड अराण्ड द वल्र्ड फाउण्डेसनले वेलायतमा रहेका विभिन्न व्यक्तिहरुसँग संकलन गरेको २५ हजार रुपैया बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।

वेलायतमा रहेका फाउण्डेसनका अध्यक्ष कृष्ण गहतराजको पहलमा संकलन गरिएको २५ हजार रुपैयाँ फाउण्डेसनका नेपाल संयोजक तथा जेसिआई नेपालका अध्यक्ष राजन लोहनी, एकीकृत राष्ट्रिय विश्वकर्मा समाजका अध्यक्ष गोपालप्रसाद विश्वकर्मा, फाउन्डेसनका सल्लाहकार गोपाल सुनार लगायतले संयुक्त रुपमा हस्तान्तरण गरे ।

सो अवसरमा दलित गैरसरकारी संस्था महासंघका पूर्वअध्यक्ष गजाधर सुनार, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली, अप्सन नेपालका अध्यक्ष भोलाप्रसाद लोहनी लगायतले आर्थिक अवस्था कमजोर भएकी मिर्गाैला पीडित मथुरा विश्वकर्माको स्वास्थ्य लाभको कामना गर्दै सहयोगको अपिल गरेका थिए ।

को हुन् मथुरा ?
मथुरा सामान्य परिवारकी महिला हुन् । उनका श्रीमान भारतमा मजदुरी गर्छन् ।

उनी पहिले गाउँकै महिला स्वास्थ्य स्वयम्सेविका पनि थिइन् । अहिले आफैं मिर्गाैलाले काम गर्न छाडेपछि ४ महनिादेखि काठमाडौंमा बसेर डाइलोसिस गराइरहेकी छन् ।

उनी एक वर्षदेखि मिर्गौला पीडित हुन् । उनले आफ्नो उपचारमा लागि झण्डै ४ लाख खर्च गरिसकेकी छन् । उनले गत वर्ष भारतमा मात्रै २ लाख भारतीय रुपैयाँ खर्च गरिन् ।

उनी अहिले काठमाडौंमा डेरा गरेर उपचार गराउँदै आएकी छन् । ३ छोराकी आमा मथुरा अहिले ३२ वर्षकी भइन् । उनको आर्थिक अवस्था एकदमै नाजुक भएकाले उनलाई अहिले छोराहरुलाई पठाउन निक्कै सकस परेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...