उपराष्ट्रपति पुनले गरे मेलम्ची खानेपानी आयोजनाको सुरुङको औपचारिक ब्रेक थ्रु

Melamchi

काठमाडौं ।  बहु चर्चित अनि राष्ट्रिय गौरवको अायोजना मेलम्ची खानेपानी आयोजनाको उपराष्ट्रपति नन्दकिशोर पुनले सुरुङको औपचारिक ब्रेक थ्रु गरेका छन् । अन्तिम खण्ड सिन्धु-ग्यालथुङको औपचारिक ब्रेक थ्रु बिहीबार भएको छ । यो सँगै  सुरुङ खन्ने काम पनि सकिएको छ । 

उनी काउलेको सिन्धु अडिटबाट प्रवेश गरेर ब्रेक-थ्रु गर्न गएको टोली औपचारिक उद्घाटनपछि ग्यालथुङमा पुगेको थियो । ७.५ किलोमिटर लामो अन्तिम सुरुङको प्राविधिक ब्रेक-थ्रु भने सोमबार नै भएको थियो । अब साढे २७ किलोमिटर सुरुङ नै खन्ने काम सकिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ ३ खण्डमा विभाजन गरेर सन् २०१० को जुन महिनादेखि खन्न थालिएको थियो ।

दशैंअघि नै काठमाडौंका वासिन्दाले मेलम्चीको पानी खुवाउने योजना सरकनारले बनाएको छ । सरकारले यो कम्पनीसँग ७ अर्ब ७१ करोडमा सुरुङ र इन्टेक निर्माण गर्नेगरी ठेक्का इटालिय कम्पनीसाग ठेक्का सम्झौता गरेको थियो । आयोजनाकाअनसार यो कामका लागि ८ अर्ब ५९ करोड रुपैयाँ खर्च हुनेछ ।

ठेकेदारलाई विभिन्न कामका लागि २८ करोड भेरियसन दिएकाले आयोजनको लागत बढेको छ । इटालियन कम्पनीले सन् २०१४बाट सरुङ निर्माणको जिम्मा पाएको थियो । यसअघि चिनयाँ ठेकेदार कम्पनीले निकै सुस्त गतिमा काम गरेपछि सरकारले सीएमसीलाई सुरुङ निर्माणको जिम्मा दिएको थियो ।

खन्ने काम सकिए पनि अडिट सुरुङहरु थुन्ने, सुरुङमा क्रंक्रिटमार्फत फिनिसिङ गर्ने काम बाँकी नै छ । अब सुरुङमार्गमा लाइनिङ गर्ने र इन्टेक बाँध निर्माण लगायत काम गरेपछि मात्रै पानी हाल्न सकिन्छ । 

सन् २०१३ को सुरुमै सुरुङ निर्माण सक्ने गरी सन् २००९ मा ठेक्का पाएको चिनियाँ ठेकेदार चाइना फिˆटिन रेल्वे ब्युरोले झन्डै चार वर्षमा जम्मा साढे ६ किमिमात्र सुरुङ निर्माण गरेपछि सीएमसी आएको थियो ।

चिनियाँ ठेकेदारले सुरुमा साढे २७ किमि सुरुङ र इन्टेक बाँध बनाउन ४ अर्ब २८ करोड रुपैयाँमा ठेक्का पाएको थियो । ६० करोड बिल भुक्तानी लिएको चिनियाँ ठेकेदारले ढिला गरेर जम्मा साढे ६ किमिमात्र सुरुङ खनेपछि लापरबाही भएको भन्दै नयाँ टेण्डर गदा लागत दोब्बरले बढेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...