कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फागुन १३ गते

Congress (1)

 काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार बैठक बोलाइएको सूचना जारी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीति सन्दर्भ र आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।

यस अघि कांग्रेसले बुधबारका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको थियो । उक्त बैठक स्थिगित गरी बिहीबा सांसदहरुको बैठक बोलाएको छ ।

प्रतिकृया दिनुहोस