चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो

Hospital in tent

सिरहा । विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण यहाँका अस्पतालमा बिरामीको चाप बढेको छ ।

मंसिरको अन्तिम साताबाट शुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवनसमेत प्रभावित भएका छन् ।

बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् ।

सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनिया लगायतका प्रकोपबाट पीडित भएका छन् । पछिल्लो एक सातायता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निक्कै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको संख्या ह्वातै घटेको छ ।

उपचारका लागि अहिले दैनिक करिब २० देखि २५ जना अस्पतालमा आउने गरेको सिरहा जिल्ला अस्पालका मेसु डा. चुमनलाल दासले जानकारी दिए ।

प्रतिकृया दिनुहोस