थ्रेसहोल्ड कटाउन नसक्दा डा. बाबुराम भट्टराईसहित चार स्वतन्त्र सांसदको हैसियतमा

Baburam bhattarai

काठमाडौं ।  गोरखा २ बाट निर्वाचित नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, झापा ३ बाट निर्वाचित राप्रपाका राजेन्द्र लिङ्देन, प्युठानबाट निर्वाचित जनमोर्चाकी दूर्गा पौडेल र भक्तपुर १ बाट निर्वाचित नेमकिपाका प्रेम सुवाल स्वतन्त्र सांसदको रुपमा संसदमा रहने भएका छन् ।

प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेका दलहरुको अस्तित्व अब संसदमा हुनेछैन । थ्रेसहोल्ड कटाएका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा गरी पाँच पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् ।

३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा विवेकशील साझा पार्टी, नयाँ शक्ति नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक, जनमोर्चा, नेकपा माले, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरु भने राष्ट्रिय पार्टीको मान्यता पाउन सकेनन् । संविधानअनुसार कूल सदर मतको ३ प्रतिशत मत ल्याउने पार्टीलाई मात्र राष्ट्रिय दलको मान्यता दिने व्यवस्था छ ।

थ्रेस होल्ड कटाउन नसकेका दलहरुबाट निर्वाचित भएकाहरु स्वतन्त्र सांसदको रुपमा संसदमा रहनेछन् । थ्रेसहोल्ड नकटाएका नयाँशक्ति, राप्रपा, जनमोर्चा र नेपाल मजदरुर किसान पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक–एक सिट जितेका छन् ।

 

प्रतिकृया दिनुहोस