विशेषज्ञ चिकित्सकको सम्मेलन हुँदै

काठमाडौँ । जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकको दक्षिण एशियाली क्षेत्रीय सम्मेलन यही मंसिर ९ र १० गते काठमाडौँमा हुने भएको छ ।

जनरल प्राक्टिसनर एसोसिएसन अफ नेपाल जिपानको संयोजनमा हुने दुईदिने उक्त सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क देशका करिब ४ सय चिकित्सक सहभागी हुनेछन् ।

नेपालमा सात वर्षपछि हुन लागेको यो सम्मेलनमा सहभागी देशले विशेषगरी जनरल तथा इमरजेन्सी चिकित्सा क्षेत्रमा गरेका उपचार विधि तथा ज्ञानका बारेमा कार्यपत्र प्रस्तुत गर्ने जिपानका अध्यक्ष प्राडा भरत यादवले जानकारी दिए ।

जनरल प्राक्टिस र इमरजेन्सी मेडिसिनमा स्नातकोत्तर गरेका चिकित्सकले सन् १९९० मा यो संस्था स्थापना गरेका थिए । त्रिविवि चिकित्सा अध्ययन संस्थान महाराजगञ्जले सन् १९८२ देखि पोस्ट ग्राजुएट तहमा एमडिजिपी विषयमा अध्यापन शुरु गरेको थियो ।

जिपानका महासचिव एवं सम्मेलन आयोजक समितिका संयोजक प्राडा सञ्जीव तिवारीले समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन चिकित्सकको भूमिका अहम् हुने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...