कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा  

Bima

पोखरा । कास्कीमा झण्डै ११ महिनाको अवधिमा ५६ हजार ४५० जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन् ।

गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीले बीमा दर्ता प्रक्रिया शुरु गरेकोमा आजसम्म १२ हजार ३ सय परिवार बीमामा आवद्ध भएका छन् ।

बीमा दर्ता गरेबापत ३ करोड ७० लाख संकलन भएको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

बीमा दर्ता गराएका २५ हजार २ सय जनाले सेवा लिएका र सेवा दिएका अस्पताललाई समितिले २ करोड ५० लाख भुक्तानी गरिसकेको छ ।

विसं२०७२ चैत २५ गतेदेखि कैलालीबाट बीमा कार्यक्रम शुरु भएको हो । बीमा दर्ता गरेका सदस्यले कास्कीका दश सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ५३० प्रकारका सूचीकृत औषधि र २७ प्रकारको विविध उपचार सेवा पाइरहेको भट्टराईले बताए ।

कास्कीका सेवा प्रदायक स्वास्थ्य संस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडावारी, कृस्ती र थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।

जिल्लामा हाल १०७ जना बीमा दर्ता सहयोगी एउटा महानगरपालिका र ४ गाउँपालिकामा खटिएका छन् । ५ जनासम्मको प्रति परिवारले वार्षिक २ हजार ५ सय योगदान रकम बुझाउनुपर्नेछ । परिवारमा ५ जनाभन्दा बढी सदस्य भए प्रति सदस्य ४२५ का दरले थप रकम बुझाउनुपर्ने छ ।

सुविधाको थैलीको सीमा ५ जना परिवारको हकमा वार्षिक ५० हजार तथा ५ जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्यबापत १० हजारको सीमा बढ्दै जाने र अधिकतम सीमा १ लाखसम्म कायम गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...