स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराउनेको सङ्ख्यामा वृद्धि

Garvawati

पाल्पा । स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराउने महिलाको सङ्ख्यामा यहाँ वृद्धि भएको छ ।

आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि पाल्पामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको संख्यामा वृद्धि भएको हो । विसं २०६८ बाट पाल्पामा आमा सुरक्षा कार्यक्रम शुरु भएको हो ।

पहिले पहिले गर्भ बसेपछि डर र लाज मानेर घरदेखि बाहिर ननिस्कने यहाँका महिला अहिले भने खुलैरै स्वास्थ्य संस्थासम्म पुग्ने गर्छन् । गर्भ रहेदेखि नै परिवार र आफन्तको साथमा गर्भ परीक्षण गराउन जाने गरेको पाइएको छ ।

गर्भवती महिलामध्ये आर्थिक वर्ष ०७३/७४ मा ६९ प्रतिशत, ०७२/७३ मा ६२ प्रतिशत र ०७१/७२ मा ६५ प्रतिशतले स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । जिल्लाका २५ वटा स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भइरहेको उनले बताए ।

स्वास्थ्य संस्थामा गएर ४ पटक गर्भ परीक्षण गराए बापत ४ सय र स्वास्थ्य संस्थामा नै सुत्केरी हुनेले यातायात खर्च बापत थप १ हजार पाउने गरेका छन् ।

स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क रुपमा सुत्केरी सेवा प्रदान गरिँदै आइएको छ । यसले गर्दा पनि महिलालाई स्वास्थ्य संस्थामा नै गएर गर्भ परीक्षण गर्न उत्साह मिलेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...