अछामको एउटा सिंगो गाउँमै एड्स

Acham adis

अछाम । आदर्श र नमुना नाम गरेका किशोर-किशोरीलाई एचआइभी भएको कुरा अछामको एउटा विकट गाउँका हरेक वासिन्दालाई थाहा छ । यति मात्र होइन, यो खबर नजिकको बजारमा पनि डँढेलो सल्किए झै फैलिएको छ। जब कि त्यो बजार आइपुग्न चार दिन र चार रातको यात्रा तय गर्नु पर्ने विडम्बना छ ।

गाउँका पुरुष भारतमा मजदुरी गर्न जान्छन्। यसैले अछामका विकट गाउँमा धेरैलाई एचआइभी संक्रमण छ । विश्व बैंकको एउटा तथ्यांकअनुसार काठमाडौँमा क्रियाशील यौनकर्मीभन्दा भारतबाट फर्किने नेपाली कामदारमा एचआइभी संक्रमण ८ प्रतिशतले बढी छ ।

आदर्श र नमुनाका बुबा कामका लागि भारत गएका थिए । घर फर्किँदा उनले जीवन धान्न पुग्ने पैसा ल्याउन त सकेनन्, परिवारका हरेक सदस्यको जीवन कमजोर बनाउने एचआइभी भाइरस शरीरमा बोकेर फर्किए। सार्पा नाम गरेका एक व्यक्ति सीतासँग विवाह गरेर कामका लागि भारत भाँसिएका थिए। उनी हरेक दुई वर्षमा घर फर्किन्थे। ५१ वर्षको उमेरमा उनी छैठौँ सन्तानको बाबु बने।

त्यति बेला श्रीमती सीताले सार्पाको चिउँडो अस्वभाविक रुपमा चाउरिएको देखिन्। गाउँ–गाउँमा रेडियोले एचआइभीबारे सचेतना फैलाइरहे कै थियो। लोग्ने अस्वभाविक रुपमा दुब्लाएको देखेपछि सीताले एचआइभी परीक्षण गराउने सुझाव दिइन्। नभन्दै, परीक्षण पोजेटिभ आयो।

सीता र सार्पाबाट जन्मिएको दुई बच्चा आदर्श र नमुना एचआइभी पोजेटिभ भएको रिपोट केही दिनमै पत्ता लाग्यो । यति बेला सीता र सार्पलाई आफू एचआइभी संक्रमित भएकोमा चिन्तित थिएनन्। जति चिन्ता उनीहरुलाई आफ्नो सन्तान संक्रमित भएकोमा थियो ।

‘हाम्रो चहाना दुई सन्तानले एचआइभीको सरल उपचार पाउँन र समाजमा सम्मानित भएर जीवनयापन गर्न पाउनु भन्ने नै हो,’ दुबै भन्छन् । एचआइभी संक्रमितलाई नियमित औषधी सेवन गराएर सरल जीवनयापन गराउन सकिन्छ । तर, यी परिवारको सन्तानका लागि त्यो सम्भव छैन् ।

पहिलो त उनीहरुलाई स्वास्थ्य चौकी पु–याउनै कठिन छ । यसमा पनि नियमित औपधी सेवन गराउन नपाउँदा उनीहरु कमजोर भइरहेका छन् । दुई वर्षअघि छोरीलाई स्वास्थ्य चौकी लिएर जाँदा आमा भीरबाट लडिन् । भाँचिएको करङको कारण दुःखाई अझै बल्भिरहेको छ ।

छोरीलाई उपचार गराउन लाँदै गर्दा म भीरबाट लडेँ, करङ भाँचियो। अझै दुःखाई बल्झिने गरेको छ,’ सार्पले गुनासो गरे । सन्तानको मोहका कारण उनीहरु अर्थोपार्जनमा समेत लागेका छन् । ‘प्लान नेपाल’ को सहयोगमा आधुनिक खेती गरेर उनीहरुले अर्थोपार्जन गरिरहेका छन् । नजिकको बारीमा उनीहरुले काउली, टमाटर करेला फलाएका छन् ।

अनार बेचेर पनि उनीहरु राम्रो आम्दानी गरिहरहेका छन् । तरकारी खेतीबाट आर्जन भएको पैसाबाट उनीहरु निकै खुशी छन् । ‘पैसा कमाउन भारत जानुपरेको छैन् । परिवारको जीवन धान्न पुग्ने पैसा कमाएको छुँ,’ आफ्नो पौरख सुनाउँदै सार्पा भन्छन् ।

सार्पाले अहिले जागिर पनि पाएका छन् । ग्लोबल फन्ड नामक गैरसरकारी संस्थाले उनलाई सुरक्षित यौन सम्पर्कबारे सचेतना फैलाउने काममा खटाएको छ । सार्पा विना हिच्किचाहट आफ्नो काम गर्छन् । तर, गाउँका युवाहरुको हप्की उनले धेरै पटक खेप्नुपरेको छ ।

‘हाम्रा श्रीमतीलाई अरुसँग यौनसम्पर्क गर्न उक्साउने। हामी नभएको बेला कण्डम किन वितरण गर्छौँ भन्छन्, ’गाउँले युवाहरुको हप्की खाएका सार्पा भन्छन् । हप्कीका बाबजुद उनले आफ्नो काम छोडका छैनन् । गाउँले महिलामा सुरक्षित यौन सम्पर्कको सचेतना बढेकोमा नी खुशी छन् ।

‘मेरो कामले उनीहरुमा चेतना विस्तार भएको छ । उनीहरु अब एचआइभी संक्रमित हुने छैनन् भन्नेमा ढुक्क छु,’ सार्पा भन्छन् ।सीता र सार्पालाई अहिले एउटै चिन्ताले सताएको छ । उनीहरुको बच्चाको विवाह राम्रोसँग हुन्छ कि हुँदैन ।

तत्कालिन अवस्थामा उनीहरुको विवाह एचआइभी संक्रमित बाहेक अरुसँग हुन सक्दैन्। तर, आफूहरु आशावादी रहेको स्वयम सार्पा बताउँछन् ।

दि गार्जियनबाट शिशिर ढकालबाट अनुवादित

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...