खुला दिसामुक्त बनाउने अभियान असफल

Qas

भद्रपुर । झापा जिल्ला खुला दिसामुक्त बनाउने अभियान असफल हुने लक्षण देखिएको छ । 

२०६८ देखि शुरु भएको राष्ट्रव्यापी रुपमा शुरु भएको खुला दिसामुक्त अभियानमा शहरी क्षेत्र नै चुनौतीका रुपमा खडा भएपछि खुला दिसामुक्त गर्ने सरकारको योजना झापामा सफल हुन नसक्ने देखिएको हो । पन्ध्र स्थानीय तह रहेको झापामा कार्यक्रम लागू भएको पाँचवर्षीय अवधिमा आठ स्थानीय तह मात्र खुला दिसामुक्त भएको कागजी विवरण झापा जिल्ला सरसफाइ समितिमा देखिन्छ ।

सरकारले स्थानीय तहमार्फत चर्पी नभएका घरधुरीलाई सेवा सुविधा नदिने घोषणा गरे पनि राजनीतिक हस्तक्षेप र नियम पालनामा स्थानीय तहका नेतृत्वकर्ता असफल हुँदा अभियानमा सफलता हात नपरेको दातृ निकायका प्रतिनिधि बताउँछन् ।सदरमुकाम समेत रहेको भद्रपुर नगरमा मात्र दुई हजार पाँच सय ७० घरधुरी चर्पीविहीन छन् । आदिवासी जनजातिको बाहुल्य रहेको भद्रपुर नगरमा राजवंशी, गन्गाईलगायत समुदायका ४० प्रतिशतभन्दा बढी घरधुरीमा शौचालय छैनन् ।

सो समुदायका व्यक्ति आर्थिक रुपमा कमजोर, सुकुम्वासी र परम्परागत सोचका कारण शौचालय निर्माणमा ध्यान नदिँदा खुला दिसामुक्त अभियान असफल भएको हो । भद्रपुर नगरका साविक पृथ्वीनगर र महेशपुर बढी शौचालय नभएका ग्रामीण बस्ती क्षेत्र हुन् भने साविक भद्रपुर १, २, ३, ४ पनि शौचालय नहुने समुदायको बस्ती बाक्लो भएको क्षेत्रमा पर्छन् ।

साविक चन्द्रगढीका सुकुमबासी बस्ती पनि चुनौतीका रुपमा रहेको पाइएको छ । शौचालय बनाउन आनकान गर्ने, अनुदानको मात्र भर पर्ने, आफ्नो जग्गा नहुने, अर्काको जग्गामा बसोबास गर्ने जस्ता कारण मुख्य चुनौती रहेको खुला दिसामुक्त भद्रपुरका कार्यक्रम अधिकृत फणीन्द्र दाहालको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...