किसान चिन्तित , रासायनिक मलखादको अभाव

Uria

लहान । हिउँदे बाली लगाउने समयमा रासायनिक मलखादको अभाव हँुदा सिरहाका किसानहरू चिन्तित बनेका छन् । 

धान खेती स्याहार्दै गरेका किसानहरू तोरी, मसुरो दाल, आलु, गहुँलगायत हिउँदेखेती गर्ने तयारीमा रहेका बेला सिरहामा रासायनिक मलखादको आभाव हँदा किसानहरू चिन्तित बनेका हुन् । स्टोरमा युरिया र पोटास केही मात्रामा रहे पनि डीएपी मल सकिएको कम्पनीले जनाएको छ ।

सरकारले कृषि सामग्री कम्पनीमार्फत जिल्लामा आपूर्ति गर्ने मलखाद समयमा उपलब्ध गराउँदै आएकोमा यसपालि समयमा रासायनिक मलखाद नआउँदा जिल्लामा मलखादको अभाव भएको कृषि सामग्री कम्पनी लहानले जनाएको छ ।

रासायनिक मलको अभावमा हिउँदे बाली बिग्रिने हो कि भने चिन्ता बढ्ेको किसानले बताएका छन् । बजारमा गुणस्तरीय मल छैन सिरहाको नहरा सिगौलका किसान सत्रुधन यादवले भने, ‘‘कृषि सामग्री कम्पनीमा जाँदा मलखाद आएको छैन, भन्दै फर्काउँदै आएको छ ।”

अन्न भण्डारका रूपमा चिनिने सिरहामा सिँचाइको समस्या त छँदैछ त्यसमाथि मलखादको समेत अभाव हुदाँ खेतीपाती गर्न समस्या भइरहेको किसानको गुनासो छ । जिल्लामा मलको अभाव भएपछि किसान भारतबाट गुणस्तरहीन मलखाद ल्याउन बाध्य छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...