अन्तर्राष्ट्रिय व्ही्लचेयर बास्केटबल कात्तिक अन्तिममा

Whilchair

काठमाडौँ । नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको आयोजनामा अन्तर्राष्ट्रिय व्ह्ीलचेयर बास्केटबल प्रतियोगिता कात्तिक २८ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तान गरी ४ राष्ट्रको सहभागिता रहने आयोजक संघका महासचिव ऋषि ढकालले जनाएका छन् । ४ पुरुष र २ महिला टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी चारै राष्ट्रबाट पुरुष टोलीको सहभागिता रहने महासचिव ढकालले जानकारी गराए । नेपाल र बंगलादेशबाट महिला टोलीले पनि भाग लिने बताइएको छ ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ४५ लाख रुपैयाँ खर्च हुनेछ । चारदिने प्रतियोगिताका खेलहरु लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहलको खेलाइनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...