झापामा ४४१ जनामा डेंगुको संक्रमण

झापामा १ को मृत्यु भएपछि फैलियो त्रास

Dengu jhapa

झापा । असोज पहिलो सातायता झापामा डेंगु संक्रमण फैलिँदै गएको छ । अहिलेसम्म ४ सय ४१ जनामा डेंगुको संक्रमण देखिएको छ । योसँगै जिल्लामा त्रास फैलिएको छ ।

डेंगुको संक्रमणका कारण अर्जुनधारा ११ की ३६ वर्षीया सुनीता अधिकारी बरालको मंगलबार मृत्यु भएको छ । बरालको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि जिल्लामा त्रास फैलिएको स्थानीयले बताएका छन् ।

डेंगुको संक्रमण दमक, अर्जुनधारा, कन्काई, मेचीनगरलगायत नगरपालिकामा फैलिएको छ । डेंगुबाट बिर्तामोड नगरपालिका धेरै प्रभावित भएको छ ।

डेंगु संक्रमितमध्ये दुई सय १९ जना बिर्तामोड नगरपालिकाका छन् । बुद्धशान्ति गाउँपालिकामा १५, अर्जुनधारा गाउँपालिकामा २५, मेचीनगरमा २५ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कन्काई, दमकलगायत क्षेत्रमा पनि यो रोगको संक्रमण देखिएको छ ।

संक्रमितको संख्या बढ्दै गएपछि सरोकारवाला पक्ष पनि प्रभावित क्षेत्रमा खटिन थालेका छन् । झापाका विभिन्न स्थानमा डेंगुको संक्रमण बढ्न थालेपछि भद्रपुर नगरपालिकाले त्यसका नियन्त्रणका लागि नौ दिने अभियान सञ्चालन गरेको छ ।

नगरपालिकाले आसपी जाइन्ट फोगर मेसिन खरिद गरी नगर क्षेत्रभित्र बुधबारदेखि औषधि छर्कने अभियान शुरु गरेको हो । नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख ईश्वरी पौडेलका अनुसार बुधबार भद्रपुरको वडा नं ७ र १० मा औषधि छरिएको छ । त्यस्तै, ९ गते ५ र ६, १० गते ८ र ९, ११ गते ३ र ४, १२ गते १ र २, १३ गते ७ र १०, १४ गते ५ र ६, १५ गते ८ र ९, १६ गते ३ र ४ मा र १७ गते छुटेका क्षेत्रमा औषधि छर्कने कार्यक्रम रहेको छ ।

एडिज एजिप्टाई लामखुट्टेको टोकाइले एक व्यक्तिबाट अर्कोमा सर्ने डेंगु भाइरसको संक्रमण १० महिनायता देशभर ८ सय ५४ जनामा भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यसपटक मनसुन ढिलो सकिने भई जताततै पानी जमेकाले डेंगु संक्रमण केही दिन लम्बिन सक्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...