परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि

Priwar niyojan

इनरुवा । सुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि रहेको पाइएको छ ।

सुनसरीमा अस्थायीदेखि स्थायी परिवार नियोजनका साधन प्रयोगमा महिलाभन्दा पुरुष लजालु हुने गरेकाले महिला परिवार नियोजनमा अगाडि देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीको ७ वर्षे स्वास्थ्य तथ्यांकअनुसार पुरुषभन्दा महिला परिवार नियोजनको अस्थायी र स्थायी साधन प्रयोग गर्नमा अगाडि रहेको देखाएका छन् ।

अस्थायी साधन ९८ प्रतिशत महिलाले प्रयोग गरेका छन् भने स्थायी साधन ९९ प्रतिशत महिलाले नै प्रयोग गरेको तथ्यांक छ । जिल्लामा १ हजार ४४१ महिलाले स्थायी बन्ध्याकरण गराउँदा १८ जना मात्रै पुरुषले बन्ध्याकरण गराएको स्वास्थ्य कार्यालयको परिवार नियोजन शाखाको तथ्यांकमा उल्लेख रहेको छ ।

यहाँ अस्थायी साधनको प्रयोग बढेकाले स्थायी बन्ध्याकरण गराउने क्रम भने घटेको छ । आव २०६७/६८ मा एक हजार ४९० जनाले बन्ध्याकरण गराएकामा आव २०७३/७४ मा आएर ९८७ जनाले मात्रै बन्ध्याकरण गराएको पाइएको छ ।

परिवार नियोजनका अस्थायी साधन पिल्स, डिपो, आयुसिडी, नरप्लान्टलगायतका साधन महिलाले प्रयोग गर्ने भएकाले महिलाको तथ्यांक बढी देखिएको कार्यालयको भनाइ छ । कूल प्रजनन योग्य महिलामध्ये २३ प्रतिशतले मात्रै परिवार नियोजनको साधन प्रयोग गरेको तथ्यांकले देखाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज असार २० गते शनिबार, शनिदेवको पुजा गर्दै आजको राशीफल हेर्दा यस्तो हुन्छ फाइदा

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्...