कांग्रेस नेता भन्छन्, ‘के माओवादीसँग नैतिकता छ ?’

Lekhak 30

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादीले आफ्ना मनत्री विना विभागीय भएर पनि बस्न तयार रहेको बताइरहेका बेला नैतिककताका आधारमा पनि माओवादी मन्त्रीहरुले सरकार छाड्नुपर्ने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रले तत्काल सरकार नछोड्ने र सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने अडान लिएपछि कांग्रेसले केही दिनभित्र माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गराउन प्रधानमन्त्री शेरबहादुर देउवा लागेका छन् । त्यही बेला माओवादी केन्द्रले आफ्ना मन्त्रीहरु विना विभागीय रुपमा पनि सरकारमा बस्न तयार रहेको बताइरहेको छ ।

माओवादीले तत्काल सरकार नछाड्ने अडान लिइरहेका बेला प्रधानमन्त्री देउवाले कमल थापासहित ८ जनालाई शुक्रबार मात्रै सरकारमा समोल गराएका थिए । कमल थापालाई सरकारमा सहभागी गराएर विना विभागीय बनाएपछि कांग्रेसले माओवादी मन्त्रीहरुलाई पदमुक्त गर्न चाहेको छ । तर, माओवादी मन्त्रीहरुले सरकार नछाड्ने संकेत गरेपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले त माओवादी केन्द्रका मन्त्रीहरुले नैतिकताको आधारमा सरकार छोड्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा नेता लेखकले माओवादी केन्द्रका मन्त्रीहरुको नैतिकता भए तत्काल सरकार छाड्नुपर्ने बताए । ‘उहाँहरुसँग नैतिकता भए जस्तो लागेन’ नेता लेखकले भने, ‘तर उहाँहरुसँग नैतिकता छ जस्तो छैन ।’

उनले सत्ता नछोड्नेको कारण सत्ता कब्जाको उदाहरण भएको टिप्पणी गरे । लेखकले वाम एकता र चुनावी तालमेलले कांग्रेसलाई कुनै असर नपार्ने बताए । ‘कांग्रेसले राणा शाषनविरुद्धएक्लै लड्यो, पञ्चायतसँग एक्लै लड्यो, राजतन्त्रसँग लड्यो, त्यही भएर हामी कसैसँग डराउँदैनौँ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...