ठूला दलले बुझाउन सकेनन् बन्दसुची

Ellection 28

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवार छान्न राजनीतिक दलहरुलाई निक्कै सकस परेको छ । आइतवार निर्वाचन आयोगमा नाम पेश गर्नुपर्ने भए पनि ठूला राजनीतिक दलहरुले बन्दसुची पेस गर्न सकेनन् ।

मंसिर १० र २१ दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगमा बुझाउनुपर्ने थियो । आयोगले बन्दसूची बुझाउन बिहान १० देखि ५ बजेसम्म समय तोकेको थियो । यो अवधीमा साना दलहरुले बन्दसुची बुझाए पनि ठूला दलहरुले फेरि पछि बुझाउने गरी बन्दसुची पेश गरेका छन् ।

यसरी उधारो बन्दसुची नबुझाउनेहरुमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र छन् । उनीहरुले आन्तरिक दलीय भागवण्डा मिलाउन नसक्दा आइतवार बन्दसुची बुझाउन नसकेका हुन् । उनीहरुले तिहारपछि अर्को संशोधित सूची बुझाउने भएका छन् ।

नेपाली कांग्रेस, माओवादी र एमालेका नेताहरु साझ ५ बज्नै लाग्दा सुची बुझाएका थिए । कांग्रेसले विजय गच्छदारको पार्टीलाई समेत मिलाएर एकैसाथ बन्दसूची बुझाउने प्रयास गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...