मैले सरकार गिराउने खेल खेलेको छैन : प्रचण्ड

Parchand

काठमाडौं । एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिष्ट पार्टीहरु बीचको एकताप्रति नअतलिन अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।

व्यवस्थापिका संसद्मा अन्तिम सम्बोधन गर्दै प्रचण्डले भने, ‘पवित्र उदेश्यले निर्वाचन प्रयोजनका लागि कम्युनिष्ट एकता गरिएको हो । यसमा अन्तर्राष्ट्रिय समुदायलाई अनावश्यक शंका नगर्न आग्रह गर्छु ।’

प्रचण्डले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने महान कार्यको एउटा थालनीको रुपमा कम्युनिष्ट पार्टी एकता प्रक्रिया अघि बढाइएकाले अबको दिनमा यसले आर्थिक विकासमा मद्दत गर्ने बताए । उनले कम्युनिष्ट भएकाले सबै कम्युनिष्ट पार्टीको सदस्य भएको नाताले सबै एक हुनुपर्छ भन्ने चाहाना स्वभाविकै भएकाले यसलाई अन्यथा नढठान्न कांग्रेसलाई आग्रह गरे ।

‘कम्युनिष्ट एकताको कुरा यो कसैसँग परिलक्षित नभएर यो जनताको आकाक्षासँग सम्बन्धित छ’ उनले भने, ‘तर नेपालमा कम्युनिज्म आउने भयो भनेर जसरी प्रचार गरिएको छ, यो दुःख प्रचार हो । यो असत्य पनि हो ।’

उनले यो एकतासँग नझस्किन नेपाली काग्रेसलाई आग्रह पनि गरे । ‘मैले अहिले यो सरकार ठाल्न कुनै खेल खेलेको छैन, खेल्ने पनि छैन’ उनले भने, ‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन नेपाली कांग्रेससँगको सहयात्रा जारी रहन्छ, यो एकता सरकार ठाल्ने वा अन्य कुनै गणितीय खेलसँग जो८िको छैन ।’

उनले आफुले नेपाली कांग्रेसकै समर्थनमा आफु प्रधानमन्त्री बनेको स्मरण गरे । ‘कम्युनिष्ट एकताको प्रयास प्रतिपक्षमा बस्ने दलले पनि निर्वाचन सफल गर्न राम्रो भुमिका खेल्न सक्छ भन्ने अपेक्षाका साथ गरिएको छ’ प्रचण्डले भने, ‘यो बैचािरक आधारमा गरिएको प्रयास हो । यो भन्दा अरु होइन, नेपाली कांग्रेससँग पनि राम्रो सम्बन्ध रहने छ । सरकार सुरक्षित छ । दुःख नमान्नुस् ।’

प्रतिकृया दिनुहोस