मन्त्रिपरिषद विस्तार गरेकोमा सर्वत्र निन्दा

Primeminister ofice

काठमाडौं । संसद विघठन हुनु एक दिन अगाडि सरकारले निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद विस्तार गरेको विषयमा सर्वत्र निन्दा गरिएको छ ।

२०७४ मंसिर १० र २१ मा केन्द्रिय प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन घोषणा भई निर्वाचन आचारसंहितासमेत लागू भइसकेको छ । यस्तो अवस्थामा निर्वाचन आचारसंहितासम्बन्धी निर्वाचन आयोगसँगको सर्वदलीय सहमतिमा हस्ताक्षरसमेत गरिसकेको अवस्थामा त्यसको विपरित मन्त्रिपरिषद विस्तार गर्नुको कुनै औचित्य नभएको सरोकारवालाहरुले बताएका छन् ।

निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी) ले सरकारले संसदको म्याद नै सकिन १ दिन बाँकी रहँदा सरकार विस्तार गरेकोमा आपत्ति जनाएको छ । अध्यक्ष प्रदिप पोखरेलले शनिवार विज्ञप्ती जारी गर्दै आचारसंहिताको दृष्टिकोणले यो गम्भिर विषय हो र यसले देशमा द्वन्द्व बढाउने उल्लेख गरेका छन् ।

उनले संविधान, ऐन, कानून, नीति नियम पालना गर्न र कार्यान्वयन गराउन असहज हुनसक्ने उल्लेख गरेका छन् । ‘लोकतान्त्रिक सरकारप्रतिको जनविश्वास घट्दै जान्छ । खासगरी राज्यको संबैधानिक अङ्ग निर्वाचन आयोगको गरिमामय प्रतिष्ठा माथि प्रश्न उठ्न सक्छ’ सो विज्ञप्तीमा भनिएको छ, ‘अतः नेपाली नागरिक, राजनैतिक दलहरु तथा मतदाताहरुको भावना विपरित गरिएको मन्त्रिपरिषद विस्तार रोकिनुपर्छ । यसको लागि निर्वाचन आयोगले आफ्नो भूमिका ससक्त बनाइनुपर्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...