चार जना श्रष्टा सम्मानित

Srastha samman

काठमाडौं । विभिन्न तवरले नेपाली कला र संस्कृतिको जगर्नामा लागेका ४ जना व्यक्ति सम्मानित भएका छन् ।

विभिन्न क्षेत्रबाट नेपाली लोक संस्कृतिको जगेर्नामा लागेको भन्दै हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपालले लोक गायीका लक्ष्मी न्यौपाने, जगन्नाथ भण्डारी, निर्मला राना र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीलाई शुक्रबार सम्मान गरेको हो ।

नेपालको लोक भाका र लोक संस्कृतिको जगेर्ना गर्न स्थापित हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको दशैं विषेश सांगीतिक तथा श्रष्टा सम्मान कार्यक्रममा उनीहरुलाई संस्कृति तथा नागरिक उडड्यन राज्य मन्त्री सुमित्रा थारुनी र प्रतिष्ठानका अध्यक्ष रत्न पुलामी मगरले दोसल्ला ओढाई सम्मान गरेका हुन् ।

सो कार्यक्रममा विभिन्न कलाकारहरुले लोक भाका प्रस्तुत गरेका थिए भने आकर्षक नृत्यहरुसमेत प्रस्तुत गरिएको थियो । सो दसैं विषेश सांगीतिक साँझमा तामाङ सेलोमा बढी दर्शक झुमिएका थिए ।

डिवी तामाङ, मनोज घिसिङ, पासाङ लोप्चन, कल्पना पोख्रेल, हास्य कलाकार गणेशबहादुर श्रेष्ठ, राजु पौडेल, कमला थापा, गायक प्रकाश कटवाल, कर्मा शेर्पा चर्चित तथा दोहोरी गायीका कमला पोख्रेल, निर्मला राना मगर, लोक गायक आशिक राई, सविता सुनुवार राईलगायत थुप्रै कलाकारले आफ्ना सांगीतिक कोसेली पस्किएका थिए ।

प्रतिकृया दिनुहोस