तुलसीराम अग्रवाल एनआईसी एशिया बैंकको अध्यक्ष चयन

Nic asia bank

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभाले तुलसीराम अग्रवाल अध्यक्षमा चयन गरेको छ । सभाले संस्थापक सेयरधनीबाट अध्यक्षमा अग्रवाललाई सर्वसम्मतले चयन गरेको हो ।

सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट जगदीश प्रशाद अग्रवाल, तुलसीराम अग्रवाल, र रामचन्द्र संघई चयन भएका छन् । सर्वसाधारण सेयरधनीको तर्फबाट राजेन्द्रप्रसाद अर्याल , विनोदकुमार प्याकुरेल र आदित्यकुमार अग्रवाल पनि सञ्चालकमा निर्वाचित भएका छन् ।

यसअघि बैंकको ३ सय २० औं सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा गणेशमान श्रेष्ठलाई नियुक्त गरेको थियो ।
सो साधारणसभाले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १।०५ प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंकले हाल करिब ५ लाख ७० हजारभन्दा बढी निक्षेप ग्राहक, २८ हजारभन्दा बढीकर्जा ग्राहक र ३ लाख ३० हजार ग्राक छन् ।

सो बैंकले डिजिटल बैंकिङ ग्राहकलाई १ सय २५ वटा शाखा तथा विस्तारित काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस