मासिक ८ अर्बको खसीबोका खपत, दशैंमा समान्यतया ८ गुणा बढी खपत हुने

Goat

काठमाडौं । नेपालीहरुको महान चाड दशै नजिकिए संगै बजारमा खसी बोकाको मागमा वृदि भएको छ ।

अघिपछि मासिक ८ अर्बको खसीबोका खपत हने गर्दथ्यो भने दशैमा सामन्य अवस्थामा पनि ८ गुणा बढी खपत भएको पाइएको छ ।

उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक ८ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो ।

आयस्रोत कम भए पनि नेपालीले मासुका लागि अर्बौ रुपैयाँ खर्चिदैं आएको तथ्यांक छ । नेपालीले खसीबोकाको मासुका लागिमात्रै वार्षिक ९९ अर्ब ७ करोड रुपैयाँ खर्च गर्छन् ।

पशुपन्छी मन्त्रालयका अनुसार देशभर मासिक ४ लाख ३० हजार खसीबोका खपत हुन्छन् । यसमा दशैंलगायत चाडपर्वको खपतलाई जोडिएको छैन ।

प्रतिकृया दिनुहोस