सांसद शाहको आर्को दौडधुप उत्तर प्रदेशका मुख्य मन्त्रि सगँ भेटघाट तथा पत्राचार

News pic112

कपिलवस्तु । समय समयमा चर्चामा आइरहने नेपालकै कान्छो सांसद कपिलवस्तुका सांसद अभिषेक प्रताप शाहले फेरि एउटा फरक कार्य गर्दै सिमावर्ति क्षेत्रमा उत्तर प्रदेश परिवहन निगमका डिपो बस तथा अन्तराष्ट्रिय बस स्टाप को स्थापनाका लागि उत्तर प्रदेशका मुख्य मन्त्रीलाई पत्राचार तथा हालै भारतको उत्तर प्रदेशका मुख्य मन्त्री संगको भेटमा सांसद शाहले लाखौ नेपालीलाई राहत दिने योजनालाई प्राथमितामा राखेका छन् ।

पश्चिम नेपालबाट रोजगारी तथा उपचारहरुका लागी भारत प्रस्थान गर्ने तथा भारतबाट नेपाल आउने तमाम नेपाली तथा भारतीयहरुलाई सांसद शाहको पछिल्लो कदमले केहि राहत दिने देखिएको छ ।

यस्ता नेपालबासिका लागि गरेका राम्रा कामप्रति सांसद अभिषेक प्रताप शाहले समय समयमा सिमावर्ती क्षेत्रमा चर्चा बटुल्दै अएका छन् ।

यसपालि शाहले सिमावर्ति क्षेत्र बढनीमा उत्तर प्रदेश परिवहन निगमका डिपो बस तथा अन्तरराष्ट्रिय बस स्टाप स्थापना गर्ने दौडधुपमा रहेका छन् । सिमावर्ति क्षेत्र बढनीमा उत्तर प्रदेश परिवहन निगमका डिपो बस तथा अन्तरराष्ट्रिय बस स्टाप स्थापना योजनालाई प्राथमिकता मात्र होईन जोड दार रुपमा उठान पनि गरेका छन् ।

उनले भारतीयहरु नेपाल आउने तथा भारत जाने लाखौ नेपालीहरुले सिमावर्ति क्षेत्रबाट यातायाका रुपमा बसलाई भरपर्दो र सुविधायुक्त मानेकाले कृष्णनगरमा उत्तर प्रदेश पहिवहन डिपो बस तथा अन्तरराष्ट्रिय बस स्टाप स्थापना गर्न माग गरेका छन् ।

उत्तर प्रदेश मुख्य मन्त्रि आदित्यनाथ योगी संगको भेटमा सासद अभिषेक प्रताप शाहले उत्तर प्रदेश परिवहन बस डिपो तथा तथा अन्तरराष्ट्रिय बस स्टाप स्थापनाका लागी पत्र मार्फत लिखित रुपमै माग गरेका हुन ।

शाहले पत्रमा सिमावर्ति क्षेत्र बढनीमा एक सुविधा सम्पन्न अन्र्तराष्टिय स्तरको डिपो बस तथा अन्तरराष्ट्रिय बस स्टाप हुनु पर्ने आवश्यकतालाई र्औल्याएका छन् ।

दिन प्रतिदिन बसको सवारी गरी आवत जावत गर्ने सर्वसाधरणको चाप बढदै गएकाले समस्या प्रति आफु गम्भिर भएको उनले बताएका छन् ।

भारत भ्रमणमा रहेका शाहले सिमावर्ति क्षेत्रमा सर्वसधारणले दैनिक भोग्नु परेका समस्यालाई उठान गरी निराकरणका लागी प्रयास गरीरहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...