अस्पतालमा बिरामीको चाप बढ्दै  

Hos 1

 

राजविराज । वर्षा र बाढीपछि विगत एक सातादेखि बढेको गर्मीका कारण यहाँ विभिन्न रोगको संक्रमणका बिरामी बढ्दै गएका छन् ।

केही दिनदेखि बढेको गर्मीका कारण सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा विभिन्न रोगका संक्रमित बिरामीको चाप बढेको छ ।

सो अस्पतालमा आजभोलि भाइरल ज्वरो, ज्वरो, झाडापखाला, रुघाखोकी र सर्पदंशलगायतका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

गर्मी बढेसँगै अञ्चल अस्पतालमा दैनिक ८० देखि ९० जनासम्मका विभिन्न रोगका बिरामी आउने गरेको अस्पतालबाट थाहा भएको छ ।

पच्चीस शय्याको सो अस्पतालमा बिरामीको चाप बढेपछि अहिले अस्पतालमा शय्याको समेत अभाव भएको बताइएको छ ।

शय्याको अभाव भएपछि अधिकांश बिरामीलाई भुँइमै राखेर उपचार गराउन बाध्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।

गर्मी बढेसँगै जिल्लामा रहेका एक सरकारी अस्पतालसहित, ४ स्वास्थ्य केन्द्र र १ सय ११ वटा स्वास्थ्य चौकीमा समेत भाइरल ज्वरो तथा टाइफाइडका बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

त्यस्तै, जिल्लाका निजी अस्पतालमा समेत भाइरल ज्वरो, झाडापखाला, रुघाखोकीका बिरामी उपचारका लागि भर्ना भएको पाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...