केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन

शुक्रबार देशभर अस्पतालको बहिरंग सेवा बन्द

Kc 1

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्नेलगायतको माग राख्दै १९ दिनदेखि आमरण अनशनमा बसेका डा। गोविन्द केसीको माग सम्बोधनका लागि दबाब दिँदै त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन गरिएको छ ।

चिकित्सा क्षेत्रमा अध्ययनरत विद्यार्थी, डा. केसीका शुभचिन्तक र अन्य समेतले शुक्रबार त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले डा। केसीले उठाउँदै आएका माग तत्काल पूरा गरी डा. केसीको जीवन रक्षाका लागि अपिल गरेका थिए ।

यसैबीच सरकारी चिकित्सक सङ्घ गोदानले शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

त्रिवि शिक्षण अस्पतालमा चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्नेलगायतको माग राख्दै १९ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको माग सम्बोधनका लागि दबाब दिँदै सङ्घले शुक्रबार आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।

बिहीबार आकस्मिक बैठक बसेर शुक्रबारदेखि सम्पूर्ण अस्पतालमा आकस्मिक बाहेकका सेवामा संलग्न नहुने निर्णय गरेको हो । सङ्घले यसअघि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

सङ्घका अध्यक्ष डा= दीपेन्द्र पाण्डेले अस्पतालमा हुने बिरामी र भर्ना भएर बसेका बिरामीको उपचारका लागि अस्पताल परिसरमा आवश्यक पूर्वाधार जुटाएर ओपिडी सेवा उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाए ।

सङ्घले अस्पताल परिसरमा बहिरङ्ग सेवा बाहिर बसेर सेतो कागजमा लेखी बिरामी हेर्न चिकित्सकलाई अनुरोध गरेको छ । राज्यले विगतमा औपचारिकताका लागि छिटफुट वार्ता गरेपनि डा। केसीका माग पूरा गर्न उदासीनता देखाएको सङ्घले आरोप लगाएको छ ।
तस्विर : सुरज गौतम/निशान न्युज

प्रतिकृया दिनुहोस