सेनेटरी प्याड प्रयोग गर्न थाले ग्रामीण क्षेत्रका महिला  

Anion sanitary napkins

बैतडी, । सामुदायिक सिकाइ केन्द्र श्रीकोटले सेनेटरी प्याड बनाउने तालीम दिएपछि आफैँ बनाएर पयाड प्रयोग गर्ने गरेको छन् । बैतडीको ग्रामीण क्षेत्रका महिला महिनावारी भएका बेला सरसफाइमा समेत निकै ध्यान दिन थालेका छन् ।

पहिले ४ दिनसम्म ननुहाउने महिला अहिले महिनाबारी भएको सेनेटरी प्याडसमेत प्रयोग गर्न थालेका छन् ।

सामुदायिक सिकाइ केन्द्र श्रीकोटले महिलालाई सेनेटरी प्याड बनाउने तरिका र प्रयोग गर्ने तरिकाका बारेमा तालीम दिएपछि उनीहरु सेनेटरी प्याड प्रयोग गर्न थालेको सामुदायिक सिकाइ केन्द्र श्रीकोटका रामचन्द्र अवस्थीले जानकारी दिए । सेनेटरी प्याडको प्रयोगले महिनावारी भएको बेला महिलालाई सजिलो हुने स्थानीयवासी लक्ष्मी भाटले बताइन् ।

गाउँघरमा सेनेटरी प्याड बनाउन सिकाएपछि अहिले सबैले घरमा बनाएर प्रयोग गर्न थालेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटको राजु धामीले बताए । महिनावारी भएका बेला बग्ने रगतलाई व्यवस्थापन गर्नका लागि सेनेटरी प्याडको प्रयोगले सजिलो भएको उनले बताए ।

ग्रामीण भेगमा महिनावारी भएका बेला अहिले किशोरी तथा महिलाले सेनेटरी प्याड प्रयोग गर्ने गरेको दोगडाकेदार गाउँपालिका श्रीकोटका शान्ति नाथले बताए ।

सामुदायिक सिकाइ केन्द्र श्रीकोटले ३ सय महिलालाई सेनेटरी प्याड बनाउने र प्रयोग गर्ने तरिकाका बारेमा बताएको सामुदायिक सिकाइ केन्द्रका रामचन्द्र अवस्थीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...