कहाँ हरायो विवेकशील र साझा पार्टी ?

Tara prakash

काठमाडौं । पहिलो चरणको निर्वाचनमा निक्कै चर्चा बटुलेका साना दल मध्येमा थिए विशेकशील दल र साझा पार्टी । तर, दोस्रो चरणको निर्वाचनमा ती दुवै दलको नाम समेत आएन ।

पहिलो चरणको निर्वाचनमा ठूला दलहरुलाई निक्कै आच्छुआच्छु पारेको विशेकशील दलले दोस्रो चरणमा चर्चा पाउन त सकेन नै, जनताको साथ पनि पाएन ।

खासगरी काठमाडौं र ललितपुरमा चर्चा बटुलेका साझा र विवेकशील मोफसलमा उठ्न सकेनन् । काठमाडौंमा विवेकशीलकी रञ्जु दर्शनाले ठूला र प्रतिष्ठित भनिएका सबैलाई चकित पार्ने गरी जनमत पनि बटुलिन । तर, दोस्रो चरणमा यो दलको कतै प्रभाव देखिएन ।

पहिलो चरणको निर्वाचनमा काठमाडौंमा रञ्जु दर्शना र किशोर थापा निक्कै चर्चामा रहे । त्यसबेला जनताले नयाँ शक्ति र युवाको खोजी गरेको टिप्पणी गरिएको थियो । तर, दोस्रो चरणको निर्वाचनले फेरि पनि पुरानै दललाई माथि ल्याइदिएको छ ।

आसापछि निरासा
राजधानीमा राम्रो प्रभाव भएपछि दुवै दलले पूर्वमा केही प्रतिष्ठित व्यक्तिलाई उम्मेदवार बनाएको थियो । तर, पूर्वमा दुवै दलको नजिता शुन्य मात्रै भएन, जमानत समेत जोगाउन सकेन ।

काठमाडौंको चर्चा सम्झिएर विवेकशीलले इटहरीमा ताराकुमारी काफ्लेलाई उम्मेद्वार बनायो । तर, उनको कतै चर्चा भएन । उनले जसोतसो दोहोरो अंक मात्र जोडिन् । तेहेरो अंक जोड्न सकिनन् ।

विर्तामाडको अवस्था पनि उस्तै रह्यो । यहाँ विवेकशील पार्टीबाट उम्मेदवारी दिएका गोविन्दप्रसाद अधिकारी गणनामा निकै पछि परे । उनले विवेकशीललाई माथि उठाउन सकेनन् ।

त्यस्तै हविगत रह्यो इटहरीको पनि । इटहरीमा साझा पार्टीका तर्फबाट पत्रकार प्रकाशचन्द्र परियार उपमेयरका उम्मेद्वार बनेका थिए । तर, उनले खासै जनताको मत पाउन सकेन् । त्यैपनि उनले आफ्नो सफलता मानेर फेसबुकमा इटहरीका जनतालाई धन्यवाद दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...