जनताको नजरमा एकाएक ‘वा राप्रपा’ बाट ‘छि राप्रपा’ कसरी भयो, समीक्षा गर्ला त राप्रपाले ?

Kamal thapa 1


काठमाडौं । स्थानीय तहको निर्वाचनमा लज्जास्पद हार वेहोरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी समीक्षा गर्न केन्द्रिय समितिको विस्तारित बैठक बोलाएको छ ।

स्थानीय तहको निर्वाचनको समिक्षा गर्ने गरी बोलाइएको विस्तारित बैठक साउन ४ देखि ६ गतेसम्म बस्ने गरी बोलाइएको छ । चुनावको समीक्षा र पार्टीको भावि कार्यदिशावारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको राप्रपा प्रवक्ता सुशील श्रेष्ठले विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

फागुन ६, ७, ८ र ९ मा राजधानीमा सम्पन्न राप्रपाको एकता महाधिवेसनपछि दोस्रो केन्द्रिय पूर्ण बैठक बस्न लागेको हो । सहप्रवक्ता मोहन श्रेष्ठले निसान न्युजसँग भने, निर्वाचनको समिक्षा, सरकारमा सहभागिता, संविधान संशोधन, प्रदेश सभा र संसदीय निर्वाचनका विषयमा छलफल गर्न केन्द्रिय बैठक वोलाउन लागिएको हो ।’

उनले सो बैठकले हाल देखिएको सीमांकनका विषयमा पनि पार्टीले आधिकारिक धारण बनाउने छ ।

कस्तो गर्ला समिक्षा ?
फागुन अन्तिम साता राजधानीमा विशाल महाधिवेसन गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीका वुद्धिजिविहरुलाई समेत ‘वा राप्रपा’ भन्ने बनायो । तर, त्यसको दुई महिनापछि भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ‘छि राप्रपा’ भन्ने बनायो ।

पहिलो चरणमा राप्रपाले कुनै राम्रो नतिजा ल्याउन सकेन । त्यो मात्रै होइन, दोस्रो चरणको निर्वाचनको मत परिणाम करिव सार्वजनिक भइसक्दा पनि राप्रपाले खासै राम्रो नतिजा ल्याउन सकेन ।

राप्रपामा निकै अडान राख्ने नेता भनेर अध्यक्ष कमल थापालाई चिनिने गरिएको थियो । तर, उनको गृह जिल्ला मकवानपुरमा समेत राप्रपाले स्थानीय तहमा उपस्थिती जनाउन सकेन । दोस्रो चरणमा भने ४ स्थानीय तह जितेर थोरै राहत महसुस गरेका छ ।

स्थानीय तहको निर्वाचनमा राप्रपाले पहिलो चरणमा उपाध्यक्ष बुद्धिमान तामाङको गृहजिल्लाबाहेक अरु कुनै पनि जिल्लामा खाता खोल्न सकेन । तर, त्यसबाट पनि राप्रपाले पाठ सिक्न सकेन ।

दोस्रो चरणको निर्वाचनमा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनको जिल्ला झापामा निक्कै राम्रो परिणाम ल्यायो । सो जिल्लामा मात्रै पनि राप्रपाले ३ तहमा जित हात पार्दै लिङ्देनले राप्रपाभित्र बलियो पकड बनाउन सफल भएका छन् ।

त्यसैगरी राप्रपाकै अर्का प्रभावशाली नेता डा. धवल शमसेर राणाले त नेपालगञ्ज उपमहानगरपालिकामा जित हात पारेर राप्रपाको पनि अस्तित्व छ भन्ने बनाई दिए । त्यो बाहेक राप्रपाले कतै पनि राम्रो परिणाम ल्याउन सकेन ।

यतिसम्म की राप्रपाले दोस्रो चरणमा भएभरको शक्ति प्रयोग गर्दा पनि छैठौं शक्ति बनेर चित्त बुझाउनुपर्ने अवस्था आएको छ । स्थानीय तहको निर्वाचनमा पार्टीले किन यस्तो लज्जास्पद हार वेहोर्नु प¥यो भनेर राप्रपाले समीक्षा गर्नुपर्ने बेला आएको ।

साउनको पहिलो साता बस्ने केन्द्रिय समितिको विस्तारित बैठकले यसको समिक्षा गरेर प्रदेश र संसदीय निर्वाचनका लागि नयाँ रणनीति बनाउने तयारीमा लागेको राप्रपाका नेताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...